site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संवैधानिक दायित्व पूरा नगर्ने राष्ट्रपति पदमा बस्न मिल्दैन : झलनाथ खनाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले संवैधानिक दायित्व पूरा नगर्ने राष्ट्रपति पदमा बस्न नमिल्ने बताएका छन् ।

बुधबार काठमाडौंमा नेपाल तमु संघ(समाजवादी)को प्रथम राष्ट्रिय भेला उद्घाटन गर्दै खनालले संवैधानिक राष्ट्रपतिले संसद् र मन्त्रिपरिषद्ले गर्ने निर्णयलाई प्रमाणीकरण गर्न बाध्य हुने व्यवस्था रहेको भन्दै संवैधानिक दायित्व पूरा नगर्ने राष्ट्रपति पदमा बस्न नमिल्ने बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नागरिकतासम्बन्धी व्यवस्थामा व्यक्तिले भिन्न मत राख्नसक्ने भएपनि राष्ट्रपतिले भिन्न मत राख्न नमिल्ने भन्दै उनले प्रमाणीकरण गर्नुपर्ने वा राजीनामा दिनुपर्ने अवस्था रहेको बताए । उनले आफ्नै देशको राष्ट्रपतिविरुद्ध असंवैधानिक काम गर्‍यो भन्ने बोल्न बाध्य भएको बताए ।

यसअघि पनि केपी ओलीको गुटले गरेको संसद् विघटन गर्ने असंवैधानिक कामलाई समेत राष्ट्रपतिले साथ दिएको स्मरण गरे ।

Global Ime bank

राष्ट्रपति भण्डारी र केपी ओलीले निरंकुश शासन लाद्न यसअघि संसद् भंग गर्ने प्रयास गरेको उनको भनाइ छ ।‍

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement