site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीको आन्दोलन फिर्ता, आजैदेखि ढुवानी थालिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आफ्नो आन्दोलन फिर्ता लिएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल आयल निगम र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच आन्दोलन स्थगित गर्ने सहमति भएको छ । तत्काल ढुवानी सेवा सुचारु गर्ने गरी बुधबार तीन पक्षबीचमा तीन बुँदे सहमति भएको हो ।

उक्त सहमतिअनुसार व्यवसायीले आजैदेखि आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सुचारु गर्ने निर्णय भएको छ । उक्त सहमतिपत्रमा आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइत र ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

विभिन्न माग राखेर व्यवसायीले ट्याङ्कर ठप्प पारेपछी आज अमलेखगञ्ज दिपोमा ढुवानी बन्द भएको थियो ।

यस्ताे छ तीन बुँदे सहमति

Global Ime bank

१. नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले विगत लामो समयदेखि दुवानी भाडा समयसापेक्ष वृद्धि तथा समायोजनका लागि पेस भएका मागका विषयमा व्यवसायीका माग अनुरुपको भाडा वृद्धिसम्बन्धी सञ्चालक समितिमा पेस भएको प्रतिवेदन आगामी असोज ७ गते सम्ममा निर्णय गरी लागू गर्ने सहमति गरियो ।

२. नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले राखेका मागका सम्बन्धमा महासंघको प्रतिनिधिसहित सम्बन्धित संघ तथा संगठनको प्रतिनिधिहरूको उपस्थितिमा आवश्यक छलफल गरी शीघ्र उचित सम्बोधन गर्ने ।

३. आज भएको सहमति र आउँदै गरेको नेपालीहरूको महान चाडपर्वहरूका कारण आमजनताको आवागमनलाई ध्यानमा राखी नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सञ्चालन गरेका आन्दोलनका कार्यक्रमहरू हाललाई स्थगित गरी आजैको मितिबाट आपूर्ति सहज गर्न ढुवानी सेवा सुचारु गर्ने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  २१:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय