site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
राहत सामग्री लिएर दार्चुला जाँदै मन्त्रीसहितको टोली
Sarbottam CementSarbottam Cement

धनगढी । बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण गर्न मन्त्रीसहितको टोली अहिले दार्जुला जाँदै छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडू, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावल, सुदूरपश्चिमका वनमन्त्री मानबहादुर धामीसहितको टोली त्यसतर्फ जान लागेको हो ।

दार्चुला जान मन्त्री बडू धनगढी आइपुगेका छन् । यहाँबाट राहत सामग्री लिएर उनीहरू दार्चुला जानेछन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुला जाने तयारी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

शुक्रबार रातिदेखिको अविरल वर्षासँगै दार्चुलाको नौगाड गाउँपालिका–२, सल्ला गाउँमा आएको बाढी र पहिरोमा परी पाँचजनाको मृत्यु भएको छ । चारजना अझै बेपत्ता छन् । पहिरोले बस्तीमा ठूलो क्षति पुगेको हो ।

यस्तै, महाकाली नदी र लस्कु खोलामा आएको बाढीले महाकाली नगरपालिका–२, ३ र ४ का ११ घर बगाएको छ । महाकालीमा आएको बाढीले लस्कु खोलाको बहाव छेक्दा वरपरका घर जोखिममा परेका छन् ।

Global Ime bank

प्रहरीका अनुसार लस्कुको बाढीले डुंग्री गाउँ जोड्ने झोलुंगे पुल बगाउनुका साथै बनाउँदै गरेको पक्की पुलमा समेत क्षति पुगेको छ ।

अहिलेसम्म लस्कुले गाउँको एउटा विद्यालय भवन, ११ घर, दुई पुल र केही सवारीसाधन समेत बगाएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement