site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महाअभियोग प्रकरण : समितिले चोलेन्द्रसँग लिखित जवाफ लिने

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग महाभियोग सिफारिस समितिले लिखित जवाफ लिने भएको छ । समितिले आज एक घण्टा मात्रै बयान लिएको छ । 

बयानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै समितिका सदस्य मीन विश्वकर्माले समय धेरै लाग्ने भएकाले अब लिखित जवाफ लिइने र त्यसकै आधारमा प्रतिप्रश्न गरिने जानकारी दिए । 

सिंहरदरबारमा समितिको बैठकले आज उनलाई पाँच प्रश्न सोधिएको समितिका सदस्य मीन विश्वकर्माले जानकारी दिए । 

“लामो लाग्ने भएपछि अब हामीले लिखित जवाफ लिने र त्यसैका आधारमा प्रतिप्रश्न गर्ने भनेर हामीले विधि परिवर्तन गरेका हौँ,” उनले भने । 

विश्वकर्माका अनुसार आज पाँच प्रश्न सोधिएको थियो । अर्को बैठक भदौ २५ गते १२ः३० मा बस्ने तय भएको उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro