site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘ह्याट्रिक’ गरेका टोपबहादुरविरुद्ध यी हुन् अर्घाखाँचीमा सम्भावित उमेदवार
Sarbottam CementSarbottam Cement

बुटवल । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको चहलपहल सुरु भएको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा चुनावी रौनक बढेको छ ।

नेता टोपबहादुर रायमाझीले नेकपा (माओवादी केन्द्र)बाट प्रतिनिधिसभा सदस्यमा ‘ह्याट्रिक’ गरेका थिए । अब उनलाई कसले टक्कर दिनेछ भन्ने यति बेला चर्चाको विषय बनेको छ । यो विषय यस कारण पनि चर्चामा छ कि रायमाझी अहिले नेकपा (एमाले)का सचिव हुन् । सर्वोच्च अदालतको आदेशबाट तत्कालीन नेकपा विभाजन भएपछि उनी एमालेतिर लागेका हुन् ।

अर्घाखाँचीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता उमेदवार बन्ने प्रबल सम्भावना छ । रायमाझीलाई रोक्नका लागि उपसभामुख एवं कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल, नेता डा. रामबहादुर बीसी, पूर्वराज्यमन्त्री रेवती भुसाल, कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णु मुस्कान र कांग्रेस महाधिवेशन प्रतिनिधि लेखनाथ पोखरेलमध्ये एक उमेदवार बन्ने चर्चा छ ।

Prabhu Bank
Agni Group
NIC Asia

रायमाझीले ०६४ देखि अर्घाखाँचीबाट लगातार निर्वाचन जितेका छन् । विगतमा माओवादीबाट प्रतिस्पर्धा गरेका उनी अहिले एमालेबाट मत माग्ने तयारीमा छन् ।

गएको स्थानीय तह निर्वाचनमा गठबन्धनविरुद्ध एक्लै भिडेर यहाँ पार्टीका उमेदवारलाई जिताएका रायमाझी आसन्न निर्वाचनमा उमेदवार बन्ने निश्चित रहेको एमाले अर्घाखाँचीका अध्यक्ष पीताम्बर भुसालले बताए ।

Global Ime bank

कांग्रेसबाट आकांक्षी

०७४ मा रायमाझीसँग पराजित भएका डा. रामबहादुर बीसीसँगै नेपाली कांग्रेसभित्र उपसभामुख एवं केन्द्रीय सदस्य पुष्पा भुसाल, पूर्वराज्यमन्त्री रेवती भुसाल, प्रदेशका सहमहामन्त्री विष्णु मुस्कान र महाधिवेशन प्रतिनिधि लेखनाथ पोखरेलले टिकटका लागि ‘लबिङ’ सुरु गरेका छन् । 

प्रतिनिधिसभातर्फ कांग्रेसमा आकांक्षी धेरै हुँदा टिकट वितरणमा समस्या हुने देखिएको छ । तर, पार्टी सभापति शेरबहादुर देउवासँग राम्रो सम्बन्ध भएका कारण भुसालले टिकट पाउन सक्ने सम्भावना छ । भुसाल ०६४ को निर्वाचनमा अर्घाखाँची–२ बाट निर्वाचित भएकी थिइन् । ०७४ मा समानुपातिकतर्फबाट सांसद बनेकी हुन् ।

उता, रायमाझीप्रति केही व्यक्ति असन्तुष्ट छन् । तेस्रोपटक विजयी भएर मन्त्री बने पनि उनले जिल्लामा कुनै ठूलो काम नगरेको माओवादी केन्द्रका नेताहरूको आरोप छ । त्यसो त रायमाझीले जिल्लामा धेरै विकास गरेको, संगठनका हिसाबले राम्रो पकड रहेको मान्नेहरू पनि धेरैजना छन् ।

माओवादी केन्द्रबाट एमालेमा आएका उनीप्रति पार्टीभित्रकै असन्तुष्ट पक्षबाट अन्तरघात समेत हुन सक्ने कतिपय नेता–कार्यकर्ताको बुझाइ छ । अर्कोतर्फ, एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) बनेकाले त्यसको असर पर्ने आकलन पनि गरिएको छ ।

विगतको मत परिणाम

०७४ सालको निर्वाचनमा रायमाझीले ५० हजार ३८५ मत ल्याएर कांग्रेसका डा. बिसीलाई पराजित गरेका थिए । बिसीले ३१ हजार ९४१ मत पाएका थिए । उनीहरू दुई उमेदवारबीचको मतान्तर १८ हजार ४४४ थियो ।

०७४ अघि जिल्लामा दुई निर्वाचन क्षेत्र थिए । ०६४ मा अर्घाखाँची–१ बाट प्रतिस्पर्धा गरेका रायमाझीले कांग्रेसका मानबहादुर विश्वकर्मालाई पराजित गरेका थिए । त्यति बेला पुष्पा भुसाल अर्घाखाँची–२ बाट निर्वाचित भएकी थिइन् ।

०७० मा उनले अर्घाखाँची–१ बाटै प्रतिस्पर्धा गरे । त्यति बेला रायमाझीले कांग्रेसका रामबहादुर बिसीलाई पराजित गरेका थिए । ०७० मा अर्घाखाँची–२ बाट एमालेका डा. दुमन थापा निर्वाचित भएका थिए ।

आसन्न निर्वाचनमा बिसी या भुसालमध्ये एकले टिकट पाउने सम्भावना धेरै रहेको कांग्रेसका स्थानीय नेताको भनाइ छ ।

०७४ को निर्वाचनमा प्रदेशसभातर्फ क्षेत्र नम्बर–१ ‘क’बाट एमालेका चेतनारायण आचार्य र ‘ख’बाट एमालेकै रामजीप्रसाद घिमिरे निर्वाचित भएका थिए ।

अहिले गठबन्धनभित्र कांग्रेसले संघ र माओवादी केन्द्रले प्रदेशतर्फ टिकट पाउने गरी छलफल अघि बढेको जिल्लास्तरका नेताहरू बताउँछन् । यहाँ राष्ट्रिय जनमोर्चाले पनि प्रदेशतर्फ एक सिट मागेको छ ।

गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट अर्घाखाँचीमा एमाले पहिलो शक्ति बनेको छ ।

कसको मतभार कति ?

स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतका आधारमा अर्घाखाँचीमा एमाले अगाडि छ । एमालेका तर्फबाट निर्वाचित वडाध्यक्षहरूले ४८ हजार २६० मत पाएका छन् । कांग्रेसका तर्फबाट निर्वाचन वडाध्यक्षहरूले ३७ हजार ९२५, माओवादी केन्द्रका तर्फबाट निर्वाचित वडाध्यक्षहरूले सात हजार ७९०, जनमोर्चाका तर्फबाट निर्वाचित वडाध्यक्षहरूले चार हजार २९४ र नेकपा (एकीकृत समाजवादी)का तर्फबाट निर्वाचित वडाध्यक्षहरूले तीन हजार ७६३ मत पाएका छन् ।

कांग्रेस अर्घाखाँचीका महाधिवेशन प्रतिनिधि एवं प्रतिनिधिसभा सदस्यका आकांक्षी लेखनाथ पोखरेल यहाँ नयाँ अनुहारको खोजी गरिएको भन्दै गठबन्धन हुँदा जित्न सकिने जिकिर गर्छन् ।

६ पालिका रहेको जिल्लामा एमालेले प्रमुख/उपप्रमुखका सात सिट जितेको छ । जिल्ला समन्वय समिति एमालेको एकल पकडमा छ ।

कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले एमालेविरुद्ध गठबन्धन गर्ने पक्षमा गृहकार्य भइरहेको बताए । गठबन्धनबाट जसले टिकट पाए पनि जिताउने गरी काम हुने उनको भनाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  ०९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC