site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आयोजना प्रभावितका लागि इष्टर्न हाइड्रोपावरको आईपीओ बिक्री खुला हुँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले आउँदो भदौ ७ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँअंकित दरमा ६ करोड २० लाख रुपैयाँ मूल्यबराबरको ६ लाख २० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

आयोजनाले प्रभाव पार्ने भोजपुर जिल्लाका स्थायी बासिन्दाले आउँदो भदौ २१ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असोज ५ गतेसम्म न्यूनतम १० देखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।

कम्पनीले भोजपुरको पिखुवाखोलामा पाँच मेगावाट क्षमताको पिखुवाखोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

Global Ime bank

साथै, एनएमबि बैंकको भोजपुर शाखा, ग्लोबल आइएमई बैंकको भोजपुर शाखा, प्रभु बैंकको भोजपुर तथा हतुवागडी शाखा र लक्ष्मी बैंकको भोजपुर शाखा कार्यालयबाट सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीलाई केयर रेटिङ्स नेपालले ‘केयरएनपी–बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  १०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement