site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अष्ट्रेलियाको दबदबा कायम, भारतलाई हराउँदै जित्यो स्वर्णपदक
Sarbottam CementSarbottam Cement

काठमाडौं । महिला क्रिकेटमा आफ्नो दबदबा कायम राख्ने क्रममा अष्ट्रेलियाले आइतबार राति कमनवेल्थ गेम्समा भारतलाई नौ रनले हराउँदै स्वर्णपदक जितेको छ ।

महिला एसेस शृंखला जित्नुका साथै एकदिवसीय र ट्वान्टी–२० दुवै स्वरूपको विश्वकपमा उपाधि जित्न सफल अष्ट्रेलियाले कमनवेल्थमा पनि स्वर्णपदक हासिल गरेको हो ।

FZmQMtHXoAI6zMa1659929453.jpeg

Prabhu Bank
Agni Group
NIC Asia

वेथ मुनीले ६१ रन बनाएपछि बर्मिङ्घमस्थित एडबास्टन क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६१ रन बनाएको थियो । १६२ रनको लक्ष्य पछ्याएको भारतले १९.३ ओभरमा सबै विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो ।

अष्ट्रेलियाका लागि मुनीले ४१ बलमा आठ चौका समेत प्रहार गरिन् । मुनीबाहेक कप्तान मेघ लनिङले ३६, एश्ले गार्डनरले २५ र रचल हायनेसले अविजित १८ रन बनाए ।

Global Ime bank

भारतकी रेनुका सिंह र स्नेहा रानाले समान दुई विकेट लिए । दिप्ती शर्मा र राघा यादवले एक/एक विकेट लिए । 

भारतकी कप्तान हर्मनप्रीत कौरले ६५ रन बनाए पनि टिमलाई जिताउन सकिनन् । जेमिमा रोड्रिगुएसले ३३, दिप्ती शर्माले १३ र ओपनर शफाली बर्माले ११ रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

FZk81_mXEAAmrHi1659929502.jpeg

अष्ट्रेलियाकी एश्ले गार्डनरले तीन विकेट लिइन् । मेगन स्कटले दुई विकेट लिइन् । डार्सी ब्रोन र जेस ब्रोनले एक/एक विकेट लिए ।

कमनवेल्थ गेम्समा पहिलोपटक महिला क्रिकेट समावेश गरिएको हो । न्युजिल्यान्डले आयोजक इंग्ल्यान्डलाई आठ विकेटले हराउँदै कास्यपदक जित्यो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  ०९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement