site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भोजपुरमा ९० प्रतिशत रोपाइँ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

भोजपुर । भोजपुरमा यस वर्ष ९० प्रतिशत धान रोपाइँ सकिएको छ । गत वर्ष यही समयमा ८९ प्रतिशत रोपाइँ भएको थियो ।     

यस वर्ष समयमै वर्षा भएका कारण समयमै धान रोपाइँ भएको र हालसम्म जिल्लाभर ९० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी विश्वास अम्गाईंले बताए । उनले भने, “भोजपुरमा हालसम्म ९० प्रतिशतको हाराहारीमा रोपाइँ सकिएको छ । दुई बाली लाग्ने  क्षेत्रमा अझै पनि रोपाइँ भइरहेको अवस्था छ । समयमा वर्षा भएकाले गत वर्षको तुलनामा अलि बढी क्षेत्रमा रोपाइँ भएको हो ।”
 
जिल्लाभर १८ हजार ९२ हेक्टरमा धानबाली हुने गरेकामा साउन २० सम्म १६ हजार २८२ हेक्टरमा रोपाइँ सकिएको सूचना अधिकारी अम्गाईंले बताए । जिल्लाको नौवटै स्थानीय तहको तल्लो भेगमा धानबाली हुने गरेको छ ।

पछिल्लो समय बसाइँसराइका कारण खेत बाँझै राख्ने गरिएको छ । समयमै मल नपाउँदा भने समस्या भएको कृषकले गुनासो गरेका छन् । स्थानीय जोखिमका किसान धनबहादुर थापाले मल नपाउँदा समस्या भएको बताए । उनले भने, “सरकारले समयमा मल नदिँदा किसानलाई समस्या भएको छ । युरिया मल बाहिरी बजारबाट प्रतिबोरा दुई हजार ४०० रुपैयाँमा ल्याउन बाध्य छौँ ।” रासस 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement