site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
‘डेन्जर जोन’ जान चाहन्नन् आरजु ! डडेलधुरा छाडिदिने देउवाको ‘संकेत’ 
Ghorahi CementGhorahi Cement

काठमाडौं । सरकारले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गरेको छ । मिति घोषणाअघि नै दलहरु चुनावको आन्तरिक तयारीमा जुटिसकेका छन् ।

यसपटक प्रमुख राजनीतिक दलका नेताहरुले पुरानै क्षेत्रबाट चुनाव लड्लान् वा अरु क्षेत्र रोज्लान् भन्ने चासो छ । प्रायःजसो शीर्ष नेताहरु यसअघिकै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने सम्भावना छ । 

तर कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवा दम्पतीको निर्वाचन क्षेत्र हेरफेरको तयारी भएको स्रोतको दाबी छ ।
सत्ता गठबन्धनमा रहेका नेताहरुबीच पनि अनौपचारिकरुपमा यो विषयले प्रवेश पाएको छ ।

Dabur nepal
Agni Group

कांग्रेसभित्र पनि आरजु र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावपछि आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेको भन्ने चर्चा व्यापक छ । त्यसैले आरजु सहज निर्वाचन क्षेत्रबाट निर्वाचित हुने चाहनामा रहेको स्रोतको दाबी छ । 

तर कांग्रेसका एक पदाधिकारीका अनुसार दुई नेताबीच भएको भनिएको सम्झौता ‘पूर्ण सही होइन र पूरै गलत पनि होइन’ ।

ती पदाधिकारीले बाह्रखरीसँगको कुराकानीमा भने, “यो पूरै असत्य पनि होइन, तर यस्तो अवस्था हुँदैन । उहाँहरुबीच सहमति भएको कुरा हामीले मान्नुपर्छ भन्ने छैन । हामीलाई मान्य हुने कुरा पनि भएन ।”

अहिले कांग्रेसमा चुनावपछि प्रधानमन्त्रीको दौडमा आफू पनि रहेको महामन्त्री गगन थापाले सार्वजनिकरुपमा भनिसकेका छन् । त्यसैले त्यस्तो सहमति कार्यान्वयनमा जाने कुरा सीधै नकारिने ती पदाधिकारीको तर्क छ । 

सत्ता गठबन्धनमा नेताहरुबीचमा समेत देउवा र पत्नी आरजुको निर्वाचन क्षेत्रलाई लिएर चर्चा हुँदै आएको छ ।

डडेलधुराबाट निरन्तर संसदीय निर्वाचन लड्दै आएका देउवा यसपटक कञ्चनपुर क्षेत्र नम्बर २ वा ३ मा गएर डडेलधुरा आरजुका लागि छाडिदिन सक्ने अवस्थामा पुगेको कांग्रेसका एक प्रभावशाली नेता बताउँछन् ।

यसअघि देउवा ०६४ को संविधानसभा निर्वाचनमा कञ्चनपुरको तत्कालीन ४ नम्बर (हालको ३) र डडेल्धुरबाट निर्वाचित भएका थिए । पछि उनले कञ्चनपुर छाडेका थिए ।

२०४८, २०५१, २०५६, २०७४ को प्रतिनिधिसभा निर्वाचन तथा संविधानसभा निर्वाचन २०६४ र २०७० मा देउवा डडेलधुराबाट निर्वाचित भएका थिए ।

यसबाहेक उनी २०७० मा कैलाली ६ सहित डडेलधुराबाट समेत देउवा निर्वाचित भएका थिए । देउवा पत्नी आरजु कैलाली क्षेत्र नम्बर ५ बाट चुनाव लडेकी थिइन् । उनी पराजित भएकी थिइन् ।

निर्वाचन क्षेत्र परिवर्तनबारे देउवाले गठबन्धनका शीर्ष नेताहरुसँग पनि पटक–पटक छलफल गरेको नेताहरु बताउँछन् ।

शेरबहादुर देउवा डडेलधुराबाटै चुनावी प्रतिष्पर्धामा उत्रिए आरजु कञ्चनपुर जाने सम्भावना रहेको एक नेता बताउँछन् ।

नेपाल प्रेस युनियन कैलालीले २०७८ चैत १० गते आयोजना गरेको पत्रकार सम्मेलनमा डा. आरजु राणा देउवाले आफू पुनः कैलाली क्षेत्र नम्बर ५ बाटै उमेदवारी दिने तयारीमा रहेको बताएकी थिइन् ।

“बर्दिया, कञ्चनपुरबाट लड्ने भन्ने कुरा हल्ला हो । म पहिले पनि यहीँबाट चुनाव लडेकाले फेरि यहीँबाट लड्छु,” उनले भनेकी थिइन्, “सर्लाहीका साथीहरूले पनि आउ भन्नुभएको छ । कोहलपुरका साथीहरूले पनि बोलाउनुभएको छ । तर मैले ४–५ वर्षदेखि यहीँ काम गरिरहेकाले कैलालीबाटै उमेदवारी दिन्छु ।”

त्यसपछि मुलुकको राजनीतिक अवस्था निकै फेरिएको हुँदा परिस्थितिअनुसार आरजु ‘डेन्जर जोन’ बाहेकको क्षेत्र जान चाहिन्छन् ।

२०७४ सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीसमेत रहेको कैलाली क्षेत्र नम्बर ५ बाट चनाव लडेर पराजित भएकी डा. राणा कैलाली, कञ्चनपुर र बर्दियाबाट निर्वाचन लड्ने तयारीमा रहेको पनि सुदूरपश्चिमका कांग्रेस नेताहरुबीच चर्चा रहने गरेको छ ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५बाट डा. आरजु झन्डै पाँच हजार मतान्तरले पराजित भएकी थिइन् । उनी वाम गठबन्धनका एमाले उमेदवार नारदमुनि रानासँग पराजित भएकी थिइन् ।

एमालेका नारदमुनी राना २७ हजार २०२ मत पाएर विजयी भएका थिए देउवाले २२ हजार ३२२ मत पाएकी थिइन् । 

कञ्चनपुर र बर्दियाबाट पनि उत्तिकै सम्भावना 

कैलाली क्षेत्र नम्बर ५मा काग्रेसभित्रको आन्तरिक गुठबन्दीका कारण ‘डेन्जर जोन’मा परिन्छ कि भनेर आरजुले सुरक्षित स्थानको खोजी गरिरहेको बालुवाटार स्रोत बताउँछ ।

आरजुकै कारण कैलालीमा आफ्नो टिकट खोसिएको भन्दै पुष्करनाथ ओझा असन्तुष्ट रहेका थिए ।  ओझालाई निर्वाचनमा असहयोग गरेको भन्दै नेपाली काँग्रेसबाट कार्वाहीमा परेका छन् ।  

आरजु निकट केही व्यक्तिहरु एक थरीले बर्दिया क्षेत्र नम्बर २ र अर्को समूहले कञ्चनपुर क्षेत्र नम्बर ३बाट चुनाव लड्न सुझाव दिएका छन् ।

बर्दिया माइतीघर समेत भएको भन्दै आरजुलाई त्यहाँका नेता कार्यकर्तासँग पनि भेटघाट बाक्लो बनाएको स्रोत बताउँछ ।

उता कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३मा पनि आरजु राणा देउवालाई निर्वाचन लडाउने चर्चा चलिरहेको छ ।  क्षेत्र नम्बर ३, ०७४मा रमेश लेखक चुनाव लडेको निर्वाचन क्षेत्र हो । 

अनुकूल अवस्था नरहे सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले श्रीमतीका लागि डडेलधुरा छाडिदिने तयारी गरेको स्रोत बताउँछ ।

आरजुको रोजाइमा कैलाली भए पनि भर्खरै सम्पन्न स्थानीय चुनावमा धनगढी उपमहानरपालिकामा स्वतन्त्र मेयरले जितेका थिए । जुन आरजुकै क्षेत्रमा पर्छ । यसबाहेक सो क्षेत्रमा कांग्रेसमा व्यापक अन्तरविरोध समेत छ । जसले आरजुलाई कैलाली–५ चुनौतीपूर्ण छ ।

यस्तोमा उनलाई डडेलधुराबाट उमेदवार बनाएर आफू कञ्चनपुरमा जाने मनस्थिति देउवाको रहेको स्रोत बताउँछ ।

यो क्षेत्रमा भीमदत्त र दोधरा–चाँदनी गरी दुई नगरपालिकामा मात्रै छन् । भीमदत्तको मेयर उपमेयरसहित अधिकांश वडा कांग्रेसले जितेको छ भने दोधारा–चाँदनीको मेयर एमालेले जितेको छ । समग्रमा दोधरा–चाँदनीमा कांग्रेसको पकड बलियो नै छ ।

गठबन्धन नभएको अवस्थामा पनि कञ्चपुर–३ मा शेरबहादुर देउवा जित्न सक्छन् । 

तर आरजुको हकमा भने त्यो अवस्था लागु नहुन सक्छ । कांग्रेसकै नेता कार्यकर्ताहरु भन्छन्,“आरजु देउवा पत्नी हुन् । यसबाहेक उनको भावनात्मक सम्बन्ध नै सुदूरपश्चिमसँग छैन । शेरबहादुर देउवाकै अवस्था हुँदैन ।”

तर पछिल्लो समय डडेलधुराको परिस्थिति पनि फेरिएको छ । देउवाविरोधी कांग्रेसका पूर्व जिल्ला सभापति कर्ण मल्लले पार्टी परित्याग गरेका छन् । उनले डडेलधुराबाटै चुनाव लड्ने घोषणा गरिसकेका छन् । जुन देउवा दम्पतीका लागि चुनौती देखिन्छ ।

मल्ल अहिले कांग्रेस बीपीमा रहेको हुँदा स्थानीय तहको निर्वाचनमा जस्तै नेकपा एमालेसँग तालमेल गरेर अघि बढ्ने तयारीमा रहेको स्रोत बताउँछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  १६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu