site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
‘हराऊ’ अभियानमा कति सुरक्षित छन् पूर्वप्रधानमन्त्रीहरू ? देउवा र ओलीबाहेकलाई देखिन्छ जोखिम !
SkywellSkywell

काठमाडौं । सरकार संघ र प्रदेशको निर्वाचन घोषणाको तयारीमा छ । निर्वाचन आयोगले मंसिर २ गतेका लागि निर्वाचन मिति प्रस्ताव गरेको थियो । यद्यपी हालसम्म मिति घोषणा भने भइसकेको छैन । प्रधानमन्त्री मंसिर ४ गतेका लागि मिति तोक्ने तयारीमा रहेको भन्दै सरोकारवालाहरुले त्यसको संकेत गरिरहेका छन् । 

दलहरु निर्वाचनको तयारीमा जुट्न थालिसकेका छन् । करिब एकवर्ष संसदको अवरोधमा सीमित भएको एमालेले सोमबारबाटै सरकारविरुद्ध सडकमा ओर्लिएर निर्वाचन आएको छनक दिएको छ । 

सबै दल आ–आफ्ना ढंगले निर्वाचनको तयारीमा जुट्दैछन् । यो तयारीमा जुटिरहँदा नेपथ्यबाट ‘पूर्वप्रधानमन्त्री हराऊ अभियान’ सुरु भएको छ । 

KFC Island Ad
NIC Asia

अधिकांस पूर्वप्रधानमन्त्री दलको प्रमुख वा निर्णय हुँदा राजनीति नयाँ पुस्तामा आएन र दलहरुबीच सिद्धान्तको भन्दा सेटिङको राजनीति बढी हुँदा जनताले जनमतमार्फत् दिएको म्यान्डेटको पनि इमान्दारि तरिकाले पालना भएन भन्ने विश्लेषणसहित सामाजिक सञ्जालमा ‘शीर्ष नेताहरुलाई बहिस्कार गर्नुपर्ने’ अभियान अघि बढाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराईको तस्बिर राखेर उनीहरुलाई भोट नदिन जनतालाई आह्वान गरिरहेका छन् । 

तर शीर्ष नेताहरु भने पार्टी बलियो रहेको निर्वाचन क्षेत्र छानेर उमेदवारी दिने र देशभर पार्टीका नेता र जनतालाई भोट माग्न दौडाहामा निस्कने गृहकार्यमा छन् । 

कतिपय नेताहरु त अहिलेको अभियानमार्फत् आफूहरुलाई खुइल्याउने अभियान सुरु भएको भन्दै त्यसको प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिएको स्रोत बताउँछ ।

यो अभियान जारी रहँदा पूर्वप्रधानमन्त्रीहरु आफ्नै निर्वाचन क्षेत्रमा कति सुरक्षित छन् त ? निर्वाचनका क्रममा बन्ने नयाँ राजनीतिक माहोललाई छोडेर निकट विगतमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा दलहरुले वडागत रुपमा पाएको मतलाई आधार बनाएर उनीहरुको आ–आफ्नो निर्वाचन क्षेत्रको अवस्थाबारे तथ्यगत विश्लेषणको प्रयास गरेका छौं । 

...

वडागत मतलाई लोकप्रिय मत मानिने गरिएको छ । आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनमा रहेका दलहरु गठबन्धन कायम गर्ने पक्षमा उभिएका छन् भने प्रतिपक्षी नेकपा एमालेले पनि साना दलहरुसँग गठबन्धनको तयारी गरेको छ । जुन यसअघि स्थानीय तहको निर्वाचनमा पनि गरेको थियो ।

पूर्वप्रधानमन्त्री एक्लै चुनाव लडे कस्तो अवस्था होला अनि गठबन्धनमै चुनावमा गए पूर्वप्रधानमन्त्रीहरु सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने जोखिम कति हुन सक्छ भनेर यहाँ विश्लेषण गरिएको छ । 

शेरबहादुर देउवा : एक्लै लडे पनि बलिया 

deuba (2)1659435294.jpg

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुरा जिल्ला हो । डडेलधुरामा ७ वटा स्थानीय तह रहेकोमा पाँच पालिका कांग्रेसले जितेको छ ।

deuba (3)1659435398.jpg

तर, वडाको मत हेर्दा कांग्रेस उमेदवार निर्वाचित पर्शुराम नगरपालिकामा कांग्रेस मतमा पछि परेको छ । बाँकी पालिकामा भने कांग्रेसको मतको बर्चस्व देखिन्छ । 

deuba (6)1659435301.jpg

निर्वाचनमा कांग्रेसले वडागत रुपमा कूल २१ हजार ७३५ मत पाएको छ । माओवादीले १२ हजार ९३७ मत पाउँदा नेकपा एमालेको मत भने १० हजार ४४९ मत छ । एमालेभन्दा कांग्रेसको झन्डै ११ हजार बढी मत छ । 

deuba (1)1659435294.jpg

गत प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा यहाँ देउवा २८ हजार ४४६ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी माओवादीका खगराज भट्टले २१ हजार ४९८ मत पाएका थिए । 

deuba (7)1659435301.jpg

२०७४ को संघ र प्रदेशको निर्वाचनमा एमाले र माओवादीबीच चुनावी गठबन्धन बनेको थियो । 

अहिले माओवादी सत्ता गठबन्धनमा छ । अहिलेसम्म माओवादी कांग्रेससँगको गठबन्धनमै रहेर चुनावमा जाने तयारीमा छ । 

deuba (5)1659435300.jpg

स्थानीय तहमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले प्राप्त गरेको मत हेर्दा गठबन्धन कायम नै रहे देउवालाई चुनाव जित्न धेरै सहज देखिन्छ । पार्टीहरु छुट्टा छुट्टै निर्वाचनमा जाने अवस्था आउँदासमेत सबैभन्दा बलियो कांग्रेस देखिन्छ । तर, स्थानीय तहको निर्वाचनमा देउवाकै वडामा भने नेपाली कांग्रेस पराजित भएको थियो । 

deuba (4)1659435298.jpg

ओलीलाई छैन गठबन्धनको डर, स्वतन्त्र र साना दल निर्णायक !

bar (1)1659434893.jpg

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ हो । यो निर्वाचन क्षेत्र दमक नगरपालिका, कमल गाउँपालिकाका तथा गौरादह नगरपालिका ९ नम्बरबाहेकका वडा र गौरीगञ्ज गाउँपालिकाका १ र २ नम्बरबाहेकका वडाहरू पर्दछन् । ओलीले २०७४ सालमा भएको निर्वाचनमा ५७ हजार १३९ मत ल्याएका थिए । उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका खग्रेन्द्र अधिकारीले २८ हजार २९७ मत ल्याएका थिए ।

31659434882.jpg

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा ओलीको क्षेत्रमा एमालेलाई ४० हजार ३६१ मत आएको छ ।  स्थानीय तहको मत परिणाम आउँदा दमक नगरपालिका प्रमुख/उपप्रमुख दुवै पद गुमाएको छ । 

कमल गाउँपालिकामा पनि एमाले पराजित भएको छ । गौरीगञ्ज गाउँपालिका पनि एमालेले गुमाएको छ । तर, अघिल्लोपटक हारेको गौरादह नगरपालिका भने एमालेले जितेको छ । 

41659434882.jpg

तीन–तीनवटा स्थानीय तहको नेतृत्व गुमाउँदासमेत वडा तहमा एमालेले पाएको मत हेर्दा यो निर्वाचन क्षेत्रमा ओली बलियो अवस्थामा देखिएका छन् । ओलीको क्षेत्रमा उनलाई हराउन वर्तमान सत्ता गठबन्धनले मात्र पुग्ने अवस्था देखिँदैन । 

21659434881.jpg

गएको स्थानीय तह निर्वाचनको वडा तहको मतपरिणाम हेर्दा वर्तमान सत्ता गठबन्धनमा राप्रपासमेत मिसिएमात्र ओलीलाई जोखिम हुनसक्छ । 

यस निर्वाचन क्षेत्रमा कांग्रेसको २२ हजार २२ मत तथा माओवादी केन्द्रको १० हजार ७७८ मत रहेको छ । 

नेकपा(एकिकृत समाजवादी) को भने २ हजार १५ मत मात्र देखिन्छ । यी दलहरुले पाएको मत जोड्दा ३४ हजार ८१५ पुग्छ । राप्रपाको ८ हजार ३५३ मत छ । यो मतसमेत गठबन्धनसँग आए ४३ हजार १५८ मत पुग्छ । 

जुन एमाले एक्लैसँग भएको भन्दा झण्डै दुईहजारमात्रै मत बढी हुन्छ ।  झापा क्षेत्रनम्बर–५मा यी मुख्य दलहरुबाहेकसँग पनि पर्याप्त मत छ । 

11659434881.jpg

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एकहजार ७५४, राष्ट्रिय जनमुक्ति पार्टीसँग ६८, मंगोल नेशनल अर्गनाइजेशनसँग २८४,  विवेकशील साझा पार्टीसँग ६८ मत छ । 

यस्तै उन्नत लोकतान्त्रिक पार्टीसँग ९, जनमत पार्टीसँग ८३०, लोकतान्त्रिक समाजवादी पार्टीसँग १११ र नेपाली जनता दलसँग २६ मत छ । 

यी सबै साना दलहरूसँगको कुल मत तीन हजार १५० छ । यी मत सबै ओलीले तान्न सके उनको मत ४३ हजार ३११ पुग्छ । 

यो राप्रपासहितको सत्ता गठबन्धन भन्दा ३५३ मत बढी हो । यस्तो अवस्थामा ओलीसँग कडा टक्कर हुने देखिन्छ ।

झापा–५बाट भित्रका पालिकाबाट गएको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उमेदवारहरूले कुल ३ हजार ४७१ मत ल्याएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ । 

त्यहाँ गठबन्धन भएमा क–कसले चुनाव जित्छ भन्नका लागि स्वतन्त्रहरुको मत पनि निर्णायक हुने अवस्था छ । 

२०७४ को प्रदेश र प्रतिनिधि सभा चुनावलाई फर्केर हेर्दा ओली यहाँ वाम गठबन्धनको तर्फबाट उमेदवार बनेका थिए । 
झापा क्षेत्र नम्बर ३ मा राप्रपाका राजेन्द्र लिङ्देनलाई सहयोग गरेवापत आफ्नो क्षेत्रमा ओलीले राप्रपाको राम्रो साथ र मत पाएका थिए । 

यसपटक पनि राप्रपाको साथ ओलीले नै लिए भने उनलाई पराजित गर्न गठबन्धनलाई सहज देखिँदैन ।

प्रचण्डलाई कांग्रेसकै भर  

prachanda (1)1659435023.jpg

दुईपटक प्रधानमन्त्री भइसकेका मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पछिल्लो समयमको निर्वाचन क्षेत्र चितवनको क्षेत्र नम्बर–३ हो । यो निर्वाचिन क्षेत्रमा भरतपुर महानगरपालिकाका १९ वडा र माडी नगरपालिका पर्छन् । 

स्थानीय तह निर्वाचनको परिणाम हेर्ने हो भने यो निर्वाचन क्षेत्रमा माओवादी केन्द्र निकै कमजोर देखिन्छ । गठबन्धन गरेर भरतपुमा महानगरपालिकाको प्रमुख माओवादीले जितेको थियो भने माडी नगरपालिका पराजित भएको थियो । 

चितवन–३ मा वडागत रुपमा सबैभन्दा धेरै २९ हजार ७५३ मत रहेको छ । सबै वडामा उमेदवारी नदिएको कांग्रेसले २९ हजार ३ सय ५३ मत ल्याएर एमालेलाई टक्कर दिएको छ ।

prachanda (2)1659435023.jpg

माओवादीले भने १० हजार ९५८ मत पाएको छ । एकीकृत समाजवादीसँग ५ हजार ७३७ मत छ । 

यसरी हेर्दा हालको सत्ता गठबन्धन कायम नरहने र एक्लाएक्लै निर्वाचनमा जाने हो भने प्रचण्डले निर्वाचन क्षेत्र जोगाउने सम्भावना देखिँदैन । 

सत्ता गठबन्धनमा रहेको दल एकीकृत समाजवादीसहितको मत हेर्दा भने गठबन्धन कायम रहेमा उनलाई सहज देखिन्छ । 

तर, वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले र राप्रपाबीच तालमेल भएको थियो ।  यो निर्वाचनमा पनि एमाले र राप्रपाबीच तालमेल भएमा प्रचण्डलाई निर्वाचन जित्न चुनौती थपिने देखिन्छ । 

राप्रपाले स्थानीय तहमा वडागत रुपमा ६ हजार ९९८ मत ल्याएको छ । स्वतन्त्र सहित साना दलहरूसँग २ हजार ५०५ मत रहेको छ । गठबन्धनमा रहेका दलहरु जसपा र राष्ट्रिय जनमोर्चासँग जम्मा १२२ मत रहेको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ । 

prachanda (3)1659435023.jpg

एमालेले राप्रपा र स्वतन्त्रसहित साना दलको मत थप्न सक्यो भने उसँग ३९ हजार २५९ मत पुग्नेछ । 

जबकी प्रचण्डलाई कांग्रेस, एकीकृत समाजवादी, जसपा र जनमोर्चासहितको गठबन्धनले सहयोग गरे ४६ हजार १७० मत पुग्ने देखिन्छ । गठबन्धनको एमालेको भन्दा ६ हजार ९११ मत बढी हो । 

आगामी निर्वाचनमा कांग्रेस र नेकपा(एस) को सहयोग नपाए प्रचण्डको जित सहज देखिँदैन । 

२०७४ मा भएको निर्वाचनमा प्रचण्ड वाम गठबन्धनको सहयोगमा यहीँबाट चुनाव लडेका थिए । उनले ४८ हजार २७६ मत ल्याएका थिए । कांग्रेसले राप्रपाका विक्रम पाण्डेलाई सघाउँदा ३८ हजार ९३५ मत आएको थियो । 

माधव नेपाललाई गठबन्धन हुँदा पनि सकस 

एमालेबाट अलग भएर गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टी पहिलो पटक संसदीय निर्वाचनमा होमिँदैछ । नेकपा एमाले विभाजन भएपश्चात बनेको यो पार्टीले स्थानीय निर्वाचनको भने गठबन्धनमा जोडिएर भाग लिएको छ । 

तर, सबै स्थानीय तहमा उमेदवारी नदिएको र धेरै ठाउँमा गठबन्धनका अन्य दलका उमेदवारलाई सघाएका कारण यो दलको वास्तविक मत यति नै हो भन्न सक्ने अवस्था छैन । 

उसले सत्ता गठबन्धनबाट पार्टीका नेताहरुले धोका भयो भन्दै भाषण गरे पनि गठबन्धनकै कारणले एकीकृत समाजवादीका उमेदवारलाई महत्वपूर्ण स्थानमा निर्वाचित हुन सहज भएको हो । स्थानीय तहको नतिजा हेर्ने हो भने काठमाडौं २ मा नेपालको सिट गठबन्धन नभएमा सुरक्षित भने देखिँदैन । 

kageshwori1659444085.jpg

वैशाख ३० मा  सम्पन्न भएको स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा एमालेले २० हजार ६५५ मत पाएको छ । 

सत्ता गठबन्धनमा रहेका दल नेपाली कांग्रेसले १७ हजार ३६९ ,  माओवादीले ३ हजार १७४, एकीकृत समाजवादीले ७ हजार ९७८, जसपाले ३७ मत पाएको थियो । 

यस्तै राप्रपाले ७ हजार ३६० मत ल्याउँदा जसपासहितको अन्य दलले ४७६ मत ल्याएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ । 

 

 

shankharapur1659434356.jpg

काठमाडौं–२मा सत्ता गठबन्धनमा रहेका दलहरूको मत २८ हजार ५५८ हुन आउँछ । जुन नेकपा एमाले भन्दा ७ हजार ९०३ ले बढी हो । काठमाडौं–२मा राप्रपाको मत निर्णायक देखिन्छ ।  यहाँ राप्रपाले एमालेलाई साथ दिए गठबन्धनसँग लगभग बराबर मत हुने देखिन्छ । 

गठबन्धन कायम रहे पनि स्थानीय तह निर्वाचनको परिणामले माधव नेपालले निर्वाचन क्षेत्र जोगाउने संकेत गरेको छ ।

तथापी, उनले निर्वाचन क्षेत्र परिवर्तन गर्न चाहेको पनि चर्चा चलिरहेको छ । पछिल्लो समय उनको सक्रियता हेर्दा उनी गृह जिल्ला रौतहटबाट चुनाव लड्ने संकेत देखिन्छ । 

२०७४ मा भएको निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धन हुँदा नेपालले २७ हजार ३६६ मत ल्याएका थिए । त्यस्तै कांग्रेसका दीपकप्रसाद कुइँकेलले १४९०३ मत पाएका थिए ।

 

 

बाबुराम भट्टराई : अस्तित्व रक्षाको कसरतमा 

gorkha1659434614.jpg

जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद्का अध्यक्षबाट निष्कासनमा परेका बाबुराम भट्टराईलाई राजनीतिक अस्तित्व रक्षाको संकट आइलागेको छ । 

यतिबेला उनी अर्को दलमा गठनको प्रक्रियामा जुटेका छन् । भट्टराई जसपाबाट बाहिर गए पनि सत्ता गठबन्धनमा भने रहिरहने नेताहरुको भनाई छ । 

palungtar1659434615.jpg

विगतमै कांग्रेससँग जोडिएर अस्तित्व जोगाएका भट्टराई यसपटक पनि राजनीतिक अस्तित्व रक्षाका लागि गठबन्धनकै सहारा लिने दाउमा छन् । 

स्थानीय निर्वाचनमा उनको क्षेत्रमा पर्ने सिरानचोक गाउँपालिका, पालुङटार नगरपालिका, अजिरकोट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका र गोरखा नगरपालिकाको ८–१४ नम्बर वडामा हेर्दा जसपाले कूल मत सातहजार ७८ पाएको छ ।

siranchok1659434615.jpg

वडा तहको मत विश्लेषण गर्दा गएको स्थानीय तह निर्वाचनमा कांग्रेसले २१ हजार १९८, माओवादीले २२ हजार २२९, नेकपा(एस) ७६ पाएका छन् । 

gonapa1659434614.jpg

प्रमुख प्रतिपक्ष एमालेले भने यहाँ ११ हजार ४३० मत पाएको देखिन्छ । यहाँ पनि गठबन्धन नबने बाबुरामले निर्वाचन गुमाउने निश्चित देखिन्छ । 

ajirkot1659434613.jpg

अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा माओवादीका नेता नारायणकाजी श्रेष्ठ भट्टराईसँग पराजित भएका थिए । 

भट्टराईले ३१ हजार ८०७ मत ल्याउँदा श्रेष्ठले २४ हजार ९३३ मत पाएका थिए ।

barpak1659434613.jpg
 
झलनाथ खनाल : गठबन्धनको सहारामा सम्भावना 

ilam1659434716.jpg

एकीकृत समाजवादी पार्टीमा रहेका अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम –१ हो । यो निर्वाचन क्षेत्रमा रोङ गाउँपालिका, माइजोगमाइ गाउँपालिका, माइ नगरपालिका र सूर्योदय नगरपालिका पर्छन् । 

यस निर्वाचन क्षेत्रमा खनालको पार्टी एक्लै चुनाव जित्ने अवस्थामा देखिँदैन । स्थानीय तहको मत हेर्दा यहाँ प्रतिपक्षी एमाले बलियो छ कांग्रेस एमालेसाँग हाराहारी मतमा देखिन्छ । 

Untitled-11659434716.jpg

स्थानीय निर्वाचनमा नेकपा एसले कूल ९ हजार ५१५ मत प्राप्त गरेको छ । यहाँ कांग्रेसले २७ हजार ६८ मत पाउँदा एमालेले २७  हजार १०९ मत पाएको छ । माओवादी केन्द्रले एकहजार २४९ मत पाएको छ । जसपाले एकहजार ८२९ मत ल्याउँदा राप्रपाले एकहजार ५६३ र स्वतन्त्रसहित अन्य दलले दुईहजार ८११ मत ल्याएको छ । 

41659434715.jpg

खनाललाई निर्वाचन जित्न गठबन्धनको साथ अनिवार्य छ । गठबन्धनले साथ दिए उनको पक्षमा ३९ हजार ६६१ मत देखिन्छ । 

31659434714.jpg

२०७४ सालमा भएको निर्वाचनमा उनी वाम गठबन्धनको तर्फबाट उमेदवार थिए । 

11659434713.jpg

उनले ३६ हजार ८०५ मत ल्याएका थिए उनका प्रतिष्पर्धी कांग्रेसका भुपेन्द्र कट्टेलले १९६३८ मत ल्याएको आयोगको तथ्यांकमा उल्लेख छ । 

21659434713.jpg


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro