site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय भूमिकामा राजा भए देश समृद्ध बन्छ : लिङ्देन
Sarbottam CementSarbottam Cement

वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था ल्याउनुपर्ने बताएका छन् । 

राप्रपा पर्साले वीरगञ्जमा आयोजना गरेको एक घर एक राष्ट्रिय झण्डा र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले जनताले नै प्रत्यक्ष निर्वाचित गरेर प्रधानमन्त्री बनाउने व्यवस्थाका लागि राप्रपा लडिरहेको बताए । उनले अभिभावकीय भूमिकाको रूपमा राजा हुनुपर्ने र जनताले चुनेको प्रधानमन्त्री भए मात्रै देश समृद्ध बन्ने तर्क गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

“यो देशमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय संस्थाको रूपमा राजा रहनुपर्छ, अनि मात्र मुलुक बच्छ र समृद्ध बन्छ,” संघीयता खारेज हुनुपर्ने धारणा राख्दै लिङ्देनले थपे, “स्थानीय र केन्द्र दुई तहको संरचना मात्र भए पुग्छ, प्रदेश सरकार खारेज गर्नुपर्छ । हाम्रो जस्तो सानो देशले धेरै मन्त्री र जनप्रतिनिधि पाल्न सक्तैन ।”

नेताहरूले लुटतन्त्र मच्चाएको र मोजमस्तीको माध्यम बनाएको आरोप लगाउँदै उनले संघीयता अब यो मुलुकले थेग्न नसक्ने दाबी गरे । 

Global Ime bank

संघीयता कार्यन्वयन भएसँगै राष्ट्रिय ऋण बढ्दै गएको उनको भनाइ छ । उनले भने, “राजाको पालामा राष्ट्रिय ऋण २९ अर्ब थियो । संघीयता कार्यन्वयन हुनुअघि ५ वर्ष पहिले ८ खर्बमा पुगेको राष्ट्रिय ऋण संघीयता कार्यान्वयनपछि साढे १८ खर्बभन्दा बढी पुगेको छ । जुन सबै नागरिकलाई भाग लगाउँदा प्रति व्यक्ति ६३ हजारभन्दा बढी हुन्छ ।” 

लोकतन्त्र र गणतन्त्रका नाममा लुटतन्त्र मच्चाउने अहिलेकै ठूला दल र तिनका नेताहरूबाट मुलुक नबन्ने दाबी गर्दै उनले अब राप्रपाको विकल्प नरहेको जिकिर गरे । आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धन बनाएर लुटतन्त्र मच्चाएका दलहरूलाई हराएर सत्ताबाट पाखा लगाउन उनले अनुरोध गरेका छन् । 

“यो मौका जनताले गुमाउनु हुँदैन, नत्र यो मुलुक श्रीलंकाकै जस्तो ठूलो दुर्घटनामा जाने निश्चित छ,” उनले भने । नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउन अबको निर्वाचनमा कांग्रेस कम्युनिष्टलाई हराएर राप्रपालाई जिताउनुपर्ने उनको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement