site stats
बाह्रखरी :: Baahrakhari
विशेष
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
बाह्रखरी कथा लेखन प्रतियोगिताका लागि कथा आह्वान
Ghorahi CementGhorahi Cement

काठमाडौं । बाह्रखरी कथा लेखन प्रतियोगिताको चौथो संस्करण घोषणा गरिएको छ । बाह्रखरी मिडिया प्रालिअन्तर्गतको १२खरी बुक्सले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चौथो डिशहोम बाह्रखरी कथा प्रतियोगिताको चौथो संस्करणका लागि कथा आह्वान गरेको हो ।

प्रतियोगितामा संसारभरका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरिएको छ । १२खरी बुक्सले विगत चार वर्षदेखि खुला कथा प्रतियोगिता आयोजना गर्दै आएको छ ।

296008106_573853581189839_780328652897329018_n1659259940.jpg

Dabur nepal
Agni Group

प्रतियोगितामा प्राप्त हुने कथाहरूमध्येबाट बाह्रखरीको आन्तरिक निर्णायकमण्डलले ५० कथा छनोट गरी निर्णायकमण्डललाई उपलब्ध गराउनेछ । तीमध्येबाट निर्णायकले ‘उत्कृष्ट कथा–२०७९’ पुस्तकका लागि २५ कथा छान्नेछन् । त्यसैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा गरिनेछ ।

प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरूमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिसहित पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

12Khari Katha (10)1659261686.jpg

 

यो वर्ष साहित्यकार तथा समालोचक प्रा. डा. कुमारप्रसाद कोइरालाको संयोजकत्वमा साहित्यकारहरू सगुना शाह र उमा सुवेदी निर्णायक समूहमा रहेका छन् ।

अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिनेछ । संग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ । नेपाली कथा लेखनको क्षेत्रमा दिइने सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस प्रतियोगितामा गत वर्ष पनि ५०० भन्दा बढी कथाकारले भाग लिएका थिए ।

12Khari Katha (8)1659261681.jpg

प्रतियोगितामा भाग लिन इच्छुक कथाकारले आफ्नो कथा आउँदो भदौ १४ गतेभित्र इमेल ठेगाना 12kharibooks@gmail.com पठाइसक्नुपर्नेछ । कथा प्रतियोगिताको नतिजा आउँदो असोज ३० गते आइतबार एक विशेष समारोहका बीच सार्वजनिक गरिनेछ । सोही दिन ‘उत्कृष्ट कथा–२०७९’ को लोकार्पण पनि गरिने १२खरी बुक्सले जानकारी गराएको छ ।

प्रेस विज्ञप्ति पढ्नोस्–

 

चौथो डिशहोम बाह्रखरी कथा लेखन प्रतियोगिता २०७९
प्रेस विज्ञप्ति
नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन गर्ने क्रमलाई निरन्तरता दिँदै बाह्रखरी मिडिया प्रा.लि. अन्तर्गतको १२खरी बुक्स, चौथो ‘बाह्रखरी कथा प्रतियोगिता’को घोषणा गर्दछ । यस खुला प्रतियोगितामा संसारभरका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरिन्छ ।  
नेपाली आख्यान साहित्यमा स्थापित अग्रज साहित्यकारहरूको सम्मान र नवप्रतिभालाई प्रोत्साहित गर्ने उद्देश्यकासाथ विगत तीन वर्षदेखि १२खरी बुक्सले खुला कथा प्रतियोगिता आयोजना गर्दै आएको छ । सोही क्रममा यस वर्ष पनि कथा आह्वान गरिएको अवगत गराउन पाउँदा हर्षित छौँ । 
कथा प्रतियोगिताको सर्तअनुरूप प्राप्त भएका कथामध्येबाट बाह्रखरीको आन्तरिक निर्णायक मण्डलले ५० कथा चुनेर निर्णायक मण्डललाई उपलब्ध गराउनेछ । ती कथामध्येबाट निर्णायक समूहले ‘उत्कृष्ट कथा २०७९’ पुस्तकका लागि २५ वटा छान्ने र त्यसैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा हुने जानकारी गराउँदछौँ ।
डिशहोम प्रमुख प्रायोजक रहेको प्रतियोगिताको नाम ‘डिशहोम बाह्रखरी कथा’ रहेको छ । 
यस कथा प्रतियोगितामा नेपाल इन्भेष्टमेन्ट बैंक र किया मोटर्स प्रायोजकको रुपमा रहेका छन् भने अजोड इन्स्योरेन्स र सिटी एक्स्प्रेस मनि ट्रान्सफर सहप्रायोजक रहेका छन् । 
यस वर्ष साहित्यकार तथा समालोचक प्रा.डा. कुमारप्रसाद कोइरालाको संयोजकत्वमा साहित्यकारहरू सगुना शाह र उमा सुवेदी निर्णायक समूहमा रहनु भएको जानकारी गराउँदछौँ । यो गहन अभिभारा लिन स्वीकार गरिदिनु भएकोमा हामी उहाँहरुप्रति आभारी छौँ । 
नेपाली कथा लेखनको क्षेत्रमा दिइने सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस कथा प्रतियोगितामा गत वर्ष पनि पाँच सयभन्दा बढी कथाकारले भाग लिएका थिए । यस वर्ष पनि अझ उत्साहकासाथ व्यापक सहभागिता हुने आयोजकले विश्वास लिएको छ । 
प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरूमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिकासाथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिनेछ । सङ्ग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मान स्वरूप प्रदान गरिनेछ ।
प्रतियोगितामा भाग लिन इच्छुक कथाकारले आफ्नो कथा आगामी भदौ १४ गतेभित्र ‘बाह्रखरी कथा’ को तल उल्लेखित इमेल ठेगानामा पठाइसक्नुपर्नेछ । 
कथा प्रतियोगिताको नतिजा २०७९ असोज ३० गते आइतबार एक विशेष समारोहका बीच सार्वजनिक गरिने पनि जानकारी गराउँदछौँ । सोही दिन ‘उत्कृष्ट कथा– २०७९’ को लोकार्पण पनि गरिनेछ ।
आधुनिक नेपाली कथा क्षेत्रमा कलम चलाउने स्थापित लेखकदेखि नवप्रतिभासम्मले ‘बाह्रखरी कथा प्रतियोगितामा’मा भाग लिन सक्नेछन् ।
यो प्रतियोगिताले नवप्रतिभालाई स्थापित बनाउनुका साथै अग्रजको सम्मान गर्ने हाम्रो विश्वास रहेको छ ।
यस वर्ष हामीले उत्कृष्ट कथा ¬– २०७९ लाई नेपाली कथाको थप प्रतिनिधिमूलक संग्रह बनाउने उद्देश्यले केही स्थापित विशेष अतिथि कथाकारसँग कथा उपलब्ध गराउन आग्रह गरेका थियौँ । हाम्रो आग्रह स्वीकार गर्ने अग्रज कथाकारहरु डा.ध्रुवचन्द्र गौतम, माया ठकुरी, डा. बेन्जु शर्मा, राजव र अविनाश श्रेष्ठप्रति हामी अनुगृहित छौँ । 

१२खरी कथा प्रतियोगिताको पहिलो संस्करण ‘उत्कृष्ट कथा २०७९’ हिन्दी भाषामा अनुवाद भई प्रकाशित भइसकेको जानकारी गराउन पाउँदा हामी गौरवान्वित छौँ ।
कथा प्रतियोगिताको प्रथम संस्करणमा मकवानपुरकी बिना थिङ तामाङको ‘ब्याड भाले’ प्रथम भएको थियो । त्यस्तै लक्ष्मण वियोगीको ‘टाउको’ द्वितीय र सुमित्रा न्यौपानेको ‘बार्दली’कथा तृतीय भएको थियो । त्यसैगरी प्रतियोगितको दोस्रो संस्करणमा लहानकी मुना चौधरीको ‘लार’ प्रथम, श्रेयज सुवेदीको ‘बेजोडा’ द्वितीय र दीपेन्द्र दोङ तामाङको ‘बुलेट बाइक’ तृतीय भएको थियो भने तेस्रो संस्करणमा मोरङका मनोजादित्य न्यौपानेको ‘अन्तिम अतिथि’ प्रथम, स्वप्निल नीरवको ‘बूढो घर’ द्वितीय र रेणुका जिसीको ‘मुडुली’ तृतीय भएको थियो ।
यसरी प्रथम हुने कथाकारले एकलाख, द्वितीय र तृतीय हुनेले क्रमशः ६० हजार र ४० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र तथा अवार्ड प्राप्त गर्नुभएको थियो ।
सर्त तथा नियम :
– कथा नेपाली भाषामा लेखिएको हुनुपर्नेछ । अन्य भाषामा लेखिएका अप्रकाशित मौलिक कथालाई नेपालीमा अनुवाद गरी पठाउन सकिनेछ । अनुवाद लेखक आफैँले गर्नुपर्नेेछ ।
– अघिल्लो वर्षमा प्रतियोगिताका लागि पठाइएका कथा दोहोर्‍याएर पठाउन पाइनेछैन ।
– निर्णय प्रक्रियामा कथाको भाषिक शुद्धतालाई पनि महत्त्व दिइनेछ । 
– कथा अप्रकाशित र अप्रसारित हुनुपर्नेछ । नतिजा सार्वजनिक नहुञ्जेल प्रतियोगितामा पठाइएको कथा कतै पनि प्रकाशन वा प्रसारण गर्न पाइनेछैन ।
– छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ ।
–‘१२ खरी कथा प्रतियोगितामा’ भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रूपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रसारण गर्न ‘१२खरी बुक्स’को पूर्वस्वीकृति अनिवार्य छ ।
– कथा कम्तीमा १५०० शब्द र बढीमा ४००० शब्दसम्मको हुनुपर्नेछ ।
– प्रतियोगीले कथासँगै आफ्नो छोटो परिचय, सम्पर्क मोबाइल नम्बर र हालसालै खिचिएको फोटो अनिवार्य पठाउनुपर्नेछ ।
– प्रतियोगिताका लागि छानिएका कथाकारलाई ‘१२खरी बुक्स’ले इमेल तथा फोनमार्फत् सम्पर्क गर्नेछ ।
– कथा पठाउनका लागि :
इमेल–12kharibooks@gmail.com
सम्पर्क : ०१(५९११६५६, ०१(५९११६५१, ९८०१८४९६१९

 

12Khari Katha (7)1659261678.jpg12Khari Katha (6)1659261671.jpg12Khari Katha (4)1659261662.jpg12Khari Katha (3)1659261661.jpg12Khari Katha (1)1659261651.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu