site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंका तीन अस्पतालमा २५ कोरोना संक्रमित आईसीयूमा, एकजना भेन्टिलेटरमा

काठमाडौं । काठमाडौंका प्रमुख अस्पतालहरूमा कोभिड १९ संक्रमितको संख्या बढ्न थालेको छ । मंगलबार सैनिक अस्पताल, वीर र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरी २५ जना आईसीयूमा र एकजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

यस्तै, प्रदेश १ मा चारजना र सुदूरपश्चिम प्रदेशमा एकजना आईसीयूमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ ।

मंगलबारसम्म नेपालमा कोभिड १९ संक्रमितको जम्मा संख्या ११ लाख २६ हजार ३२० छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५९ पुगेको मन्त्रालयको तथ्यांक छ ।

आज देशभर तीनहजार ७१४ जना सक्रिय संक्रमित छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro