site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
भर्चुअल कविता गोष्ठी सम्पन्न
Argakhachi Cement Island Ad

काठमाडौं । ज्योति साहित्य प्रतिष्ठानले नियमित गर्दै आएको कविता वाचन कार्यक्रमलाई निरन्तरता दिएको छ । 

केही दिनअघि प्रतिष्ठानद्वारा आयोजित भर्चुअल कवि गोष्ठीमा कविता वाचन गर्दै कवि तथा संस्कृतिविद् तुलसी दिवसले संसारभरका नेपाली भाषी कवि एकै ठाउँमा जोडिएको देख्दा खुसी लागेको बताए । 

कार्यक्रममा प्राज्ञ माया ठकुरी, कथाकार भागीरथी श्रेष्ठले पनि आफ्नो साहित्यिक यात्राको चर्चा गरे । उक्त कविता गोष्ठीमा राधिका गुरागाईं, विमल वैद्य, सरस्वती पाण्डे, गंगा अभिलाशी, जीविका अश्रु, देविका मंग्रान्ती राई, राधा पाण्डे, मल्ल बिरही, नीरा उमा ओडारी, महेश राज खरेल, मणिराज सिंह, राधा रमा, मिना श्रेष्ठ, सरला क्षेत्री, सुमित्रा सुमी, राजेश्वरी काफ्ले, सरू बस्नेतलगायतले कविता वाचन गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १५:५२
प्रतिक्रिया दिनुहोस्