site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डा. सुरेन्द्र चौरासियामाथि पाँच करोड घुस लिएको आरोप, राज्यमन्त्रीका निजी सचिवले काटे पत्र
Tiktok banner adTiktok banner ad

काठमाडौं । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र चौरासियामाथि पाँच करोड रुपैयाँ घुस लिएको आरोप लागेको छ ।

स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको निजी सचिवालयले औषधि उपकरण खरिदमा पाँच करोड बढी घुस लिएको, ५० लाख रुपैयाँको लेनदेनमा सरुवा गरेकोलगायतका आरोप सञ्चार माध्यममा आएको भन्दै डा. चौरासियालाई पत्र काटेको छ ।

पत्रमा यसबारे 'भएको के हो ? वास्तविकता के हो ?' को जवाफ मंगलबार अपराह्न ५ बजेभित्र राज्यमन्त्रीसमक्ष उपस्थित भएर जवाफ दिन पत्र निर्देशन दिइएको छ ।

अनियमितताको आरोप लागेका डा. चौरासियाले भने आफूलाई अहिलेसम्म पत्र प्राप्त नभएको बताएका छन् ।

"मैले सञ्चारमाध्यमहरूमा मात्रै समाचार देखेको हो । पत्र नपाएर कसरी उपस्थित हुनु र ?," डा. चौरासियाले बाह्रखरीसँग भने ।

डा. चौरासियालाई यसअघि पनि हृद्येश त्रिपाठी स्वास्थ्यमन्त्री रहेका बेला अनियमितताको आरोपमा स्पष्टीकरण मागिएको व्यवस्थापन महाशाखाकै एक कर्मचारीले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro