site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको भाउ घट्यो
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । स्थानीय बजारमा आज सुनको भाउ घटेर कारोबार भएको छ । सोमबार छापावाला सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएकामा आज तोलामा २०० रुपैयाँले घटेर कारोबार भएको हो ।

आज छापावाला सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार १५० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  ११:४६