site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘महत्वपूर्ण विधेयक’ पारित गरेपछिमात्रै निर्वाचनको मिति तोक्ने तयारी गर्दैछ सरकार !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सरकारले संघ र प्रदेशको निर्वाचनको मिति तोक्न आलटाल गरेको छ । निर्वाचन आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने कानुनी व्यवस्था छ । 

सोही व्यवस्थाअनुसार आयोगले असार २२ गते आगामी मंसिर २ गते निर्वाचन गर्दा उपयुक्त हुने सुझाव दिएको थियो । आयोगले निर्वाचनका लागि १२० दिन लाग्ने भएकाले सोहीअनुसार मिति तोक्न सरकारसमक्ष  प्रस्ताव गरेको थियो ।

तर, आयोगले दिएको मिति घर्किइसकेको छ ।  आयोगले दिएको समयअनुसार अब ११७ दिन मात्रै बाँकी छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

सरकारका मन्त्रीहरुले छिट्टै नै निर्वाचन मिति तोक्ने बताउँदै आएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले छिट्टै नै मिति तोकिने बताए । 

“छलफल भइरहेको छ । छिट्टै नि निर्वाचन मिति घोषणा हुन्छ,” उनले बाह्रखरीसँग भने । 

Royal Enfield Island Ad

अर्का एक मन्त्रीका अनुसार सरकारले अघि सारको केही विधेयक संसदबाट टुंगो लगाएपछि मात्रै मिति तोकिनेछ । चुनाव घोषणा हुनासाथ चुनाव केन्द्रित हुनुपर्ने भएकाले विधेयक पारित गर्न कठिनाइ हुने उनको भनाइ छ । 

“केही महत्वपूर्ण विधेयकहरु संसदमा पुगेका छन् । त्यसलाई अघि बढाउने कुरा त भइरहन्छ । तर, सामान्यतयाः चुनाव घोषणा भएपछि त्यता नै केन्द्रित भइन्छ,” ती मन्त्रीले भने,“विधेयक अघि बढाउन प्राविधिक कठिनाइ हुन्छ । यी सबै कुरालाई मध्यनजर गर्र्र्र्दै निर्वाचनको मिति चाँडै घोषणा हुन्छ ।”

नागरिकता विधेयक संसदमा पुगेको छ भने संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा दर्ताको अवस्थामा छ । त्यसलाई अघि बढाउन सत्तारुढ दलबीच सहमति भइसकेको छ ।  

त्यसैगरी सत्ता गठबन्धनबीच सहमति हुन पनि बाँकी रहेको ती मन्त्रीले बताए । सत्ता गठबन्धनमा मंसिरमा निर्वाचन गर्ने भन्ने लगभग सहमति जुटेको छ । नेताहरुले पनि मंसिरमा चुनाव हुने भन्दै तयारी थाल्न निर्देशन दिइरहेका छन् । 

“गठबन्धनबीचको पनि सहमति हुनुपर्छ । गठबन्धनमा एकखालको छलफल त भएको छ  । तर, मितिका बारेमा ठ्याक्कै निर्णय भइसकेको छैन,” ती मन्त्रीले भने । 

निर्वाचन आयोगले मंसिर २२ गते संसदको कार्यकाल सकिने भन्दै त्यसअगावै निर्वाचन गर्नुपर्ने ध्यानाकर्षण सरकारलाई गराइसकेको छ । 

निर्वाचन मिति नतोकिँदा निर्वाचनका तयारीका कामहरु गर्न आयोगलाई अप्ठेरो भएको पदाधिकारीहरु बताउँछन् । औपचारिक रुपमा नभए पनि साउन १५ भित्रै मिति घोषणा हुने जानकारी आयोगमा पुगेको छ । 

“ठ्याक्कै कहिले भन्ने त भएको छैन । तर, साउन १५ भित्रै मिति घोषणा हुने अनौपचारिक कुराकानी सुनिन्छ,” आयोगका एक पदाधिकारीले भने । 

निर्वाचनको मिति घोषणा गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आवाज उठाउन थालेको छ । 

एमालेका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन केहीदिन अघि आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले मंसिरको चुनाव सार्ने खतरा रहेको आरोप लगाएका थिए । 

आइतबारको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद लालबाबु पण्डितले निर्वाचनको मिति तोक्न गठबन्धनको गाँठो नफुकेर चुनाव नभएको हो भन्दै कटाक्ष गरेका थिए । 

“गठबन्धन सरकारले निर्वाचनको मिति घोषणा गर्न किन ढिलाइ गरिरहेको छ ? गठबन्धनको गाँठागुठी नमिलेर हो कि ? आशीर्वाद लिन गएको ठाउँबाट आशीर्वाद नपाएर हो कि ?, उनले सोधे, “या चुनाव नगराउने मनसायले गठबन्धन लामो समयदेखि टिकाउनको निम्ति हो ? जनता जान्न चाहन्छन् ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  ०९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro