site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई दिनमै ११५ अंक बढ्यो नेप्से, चार अर्बभन्दा बढीको कारोबार
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएपछिका दुई कारोबार दिननै नेप्से उच्च अंकले बढेको छ । लगातार दुई दिन बढेको नेप्से २१३२.९६ विन्दुमा पुगेको छ । पछिल्लो दुई दिनमा नेप्से परिसूचक ११५.५० अंक वृद्धि भएको छ ।

आइतबार ६१ अंक बढेको नेप्से सोमबार साढे ५४ अंक बढेको छ । मौद्रिक नीतिमा कुनै एक बैंकबाट सेयर धितो कर्जा चार करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोड लिन पाउने व्यवस्थालाई केही संशोधन गरिएसँगै त्यसको प्रभाव सेयर बजारमा देखिएको हो । राष्ट्र बैंकले अब एकै बैंक वा समग्र बैंकिङ प्रणालीबाट १२ करोड रुपयाँसम्म सेयर धितो कार्जा लिन पाउने व्यवस्था गरेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यो व्यवस्थाले पनि साना लगानीकर्तालाई राहत मिलेको कतिपय लगानीकर्ताको भनाइ छ । सोमबार नेप्सेसँगै कारोबार रकम पनि वृद्धि भएको छ । गत कारोबार दिनको तुलनामा कारोबार रकम १ अर्ब ३७ करोड रुपैयाँ वृद्धि भएको छ । आज ४ अर्ब १० करोड रुपयाँको सेयर कारोबार भएकोमा गत कारोबार दिन २ अर्ब ७३ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज २१४ धितोपत्रको ९९ लाख ४४ हजार ४८ कित्ता सेयर खरिद–बिक्री भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सातवटाको मूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी ११ वटाको मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

Royal Enfield Island Ad

शिवम् सिमेन्टको सर्वाधिक रकमको रेयर खरिद–बिक्री भएको छ । यो कम्पनीको १५ करोड २९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको हो । अरुण कावेली पावरको १४ करोड ५१ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

वित्त समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

सोमबार कारोबारमा आएका १३ समूहकै उपसूचक वृद्धि भएको छ । जसमा वित्त समूहको उपसूचक सर्वाधिक वृद्धि भएको छ । यो समूहको उपसूचक ७.९ प्रतिशतले वृद्धि भएको छ । यो समूहमा लगानीकर्ताको आकर्षण सर्वाधिक देखिएको छ । यो समूहमा पर्ने कम्पनीको सेयर मूल्य बढेसँगै उपसूचकमा वृद्धि भएको हो । 

गत कारोबार दिन पनि यो समूहको उपसूचकमा सर्वाधिक वृद्धि थियो । त्यस्तै विकास बेंक समूहको उपसूचक ५.८४ प्रतिशत वृद्धि भएको छ भने जतविद्युत् समूहको ४.५ प्रतिशत, लघुवित्त समूहको ३.९९ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको उपसूचक ३.२२ प्रतिशतले वृद्धि भएको छ । बाँकी समूहको उपसूचक ३ प्रतिशतभन्दा कम वृद्धि भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro