site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
शेयर बजारका लगानीकर्तालाई सकारात्मक हुन परिसंघ अध्यक्षको आग्रह  
Sarbottam CementSarbottam Cement

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले आर्थिक वर्ष २०७९/०८० का लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले बैंकहरूको नाफा घटाउने बताएका छन् । अध्यक्ष गोल्यानले मौद्रिक नीतिले अनिवार्य नगद अनुपात (सीआरआर)लाई तीन प्रतिशतबाट एक प्रतिशत बढाउँदा बैंकहरूको अर्बौं रकम बिना प्रतिफल राष्ट्र बैंकमा थुप्रिँदा बैंकहरूको मुनाफा घटाउने अवस्था देखिएको बताएका छन् । 

उनले मौद्रिक नीतिको यो व्यवस्थाले बैंकहरूको लागत बढ्ने बताए । अध्यक्ष गोल्यानले बैंकहरूमा लागत नै १० प्रतिशत बढीले लाग्ने भन्दै यो भन्दा माथि गयो भने बैंकिङ क्षेत्र संकटमा पर्ने बताए । उनले बैंकको शेयरहोल्डर र लगानीकर्ताहरूलाई १० देखि १५ प्रतिशत मुनाफा दिनुपर्ने भए पनि आगामी दिनमा बैंकहरूले त्यो दिनसक्ने अवस्था नभएको गुनासो गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

परिसंघले सोचेको जति अझ कसिलो मौद्रिक नीति नआएको उनको भनाइ छ । उनले मौद्रिक नीतिले निर्यातलाई अझ कडाइ गर्नुपर्ने बताए । अध्यक्ष गोल्यानले मौद्रिक नीतिका धेरै राम्रा पक्ष  रहेको भन्दै बैंक कर्जा बिस्तारलाई कसिलो बनाउनुको विकल्प पनि नभएको बताए । उनले चालु आर्थिक वर्षमा रेमिट्यान्स र वैदेशिक लगानी आउन सकेन भने १२ प्रतिशतको कर्जा बिस्तार लक्ष्य पनि पूरा हुन नसक्ने दाबी गरे । उनले गत वर्ष १९ प्रतिशत कर्जा बिस्तारको लक्ष्य राखे पनि पूरा नभएको भन्दै यो वर्ष पनि त्यही अवस्था देखिएको बताए । उनले उत्पादनशील उद्योग र अन्य उद्योगमा फरक ब्याजदर व्यवस्था गर्नु राम्रो देखिए पनि यो व्यवस्थाले बैंकलाई भार थप्ने देखिएको बताए । 

अध्यक्ष गोल्यानले मौद्रिक नीतिमा १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य पूरा गर्न बैंकहरू राष्ट्र बैंकसँग हातेमालो गर्न तयार रहेको बताए । उनले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरू जोगाएर नीति ल्याउन चुकेको टिप्पणी गरे । गोल्यानले शेयर बजारका लगानीकर्ता अब सकारात्मक हुनुपर्ने बताए । उनले शेयर धितो कर्जामा लगाइएको १२ करोडको सीमा साना लगानीकर्ताका लागि राम्रो भएको बताए । उनले राष्ट्र बैंकले ल्याउने शेयरकर्जा नीति प्रोमोटर शेयर होल्डरहरूलाई बढी ताकेता भएको बताए । 

Global Ime bank

अध्यक्ष गोल्यानले घरजग्गा कारोबारका लागि कर्जामा कसिलो बनाउनु सकारात्मक रहेको धाराणा राखे । उनले घर जग्गा किनबेचका लागि बैंकहरूबाट कर्जा जान नहुने बताए । गोल्यानले मौद्रिक नीतिले निर्यातलाई प्रोत्साहन दिएर नीति ल्याए पनि सरकारको नीति निर्यात मैत्री नभएर आयात मैत्री रहेको टिप्पणी गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC