site stats
बाह्रखरी :: Baahrakhari
विशेष
रूस–युक्रेन युद्ध चलिरहँदा ताइवान–चीन युद्ध हुन लागेको हो ?

ताइपेई । अहिले ताइवानका सडकहरू खाली गरिएको छ । मानिसलाई राजधानी ताइपेईलगायत केही भागमा सोमबार हवाई आक्रमण अभ्यासका लागि घर भित्रै बस्न आदेश दिइएको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ ।

टापु राष्ट्रले सम्भावित चिनियाँ आक्रमणको घटनामा तयारी गर्नका लागि अभ्यास थालेको हो । दिउँसो स्थानीय समयअनुसार १ः३० बजे साइरन बज्यो । त्यसपछि अनिवार्य ड्रिलको लागि सडक खाली भयो । जसले प्रभावकारी रूपमा सहर र उत्तरी ताइवानका सहरहरू ३० मिनेटका लागि बन्द गर्यो ।

Argakhachi Cement Island Ad

अभ्यास पूर्व ‘मिसाइल अलर्ट’ भन्दै मोबाइलमार्फत सन्देश पठाई मानिसलाई तुरुन्तै सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो । “युद्धको अवस्थामा तयारी गर्न आवश्यक छ,” ताइपेईका मेयर को वेन जेले वान एन नामको अभ्यासको निरीक्षण गरेपछि एक भाषणमा भने, “जसको अर्थ अनन्त शान्ति हो ।”

चीनले प्रजातान्त्रिक तवरले शासित ताइवानलाई आफ्नो स्वशासित क्षेत्र भएको दाबी गर्दै जबरजस्ती यो टापु कब्जा गर्ने कुरालाई अस्वीकार गरेको छैन । ताइवानले चीनको सार्वभौमसत्ताको दावीलाई अस्वीकार गर्दै आफ्नो रक्षा गर्ने वाचा गरेको छ।

युक्रेनमा रुसको आक्रमण जारी रहँदा ताइवानको टापु वरिपरी चिनियाँ सैन्य अभ्यासहरू बढेको रोयटर्सले जनाएको छ । यसले सम्भावित आक्रमणको घटनामा कस्तो प्रतिक्रिया दिने भन्नेबारे ताइवानमा अहिले बहस सिर्जना भएको छ । रोयटर्स 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १४:३६
प्रतिक्रिया दिनुहोस्