site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बच्चाहरूलाई धेरै भन्दा धेरै अंकमाल गरौँ दिनभरको थकान ठिक भएको आभास मिल्नेछ

सीएनएन । अंकमालले जोकोहीलाई पनि राम्रो महसुस गराउन सक्छ । र विशेषगरी बच्चाहरूलाई सानै उमेरदेखि तिनको भावना वृद्धिविकास गर्न यसले महत्वपूर्ण भूमिका खेल्न सक्ने देखिएको छ । दिनभरको थकान या स्कुलको चुनौतिपूर्ण दिनपछि एक्लो या स्ट्रेस महसुस गरिरहेको बच्चालाई उसका प्रियजनले अंकमाल गर्ने बित्तिकै सबै ठीक भएको आभास हुनेछ । हामीलाई लाग्न सक्छ बच्चाहरू त्यतिसम्म भावनात्मक हुँदैनन् तर यो उपायले वास्तवमै उनीहरूको मुड र मानसिकतामा एकदमै गहिरो प्रभाव पार्न सक्ने थुप्रै अध्ययनहरूले देखाएका छन् । 

अंकमालले बालबालिकाहरूको दिमागी विकासमा धेरै मद्दत पुर्याउँछ । विशेषगरी साना बालबालिकालाई समस्त विकासका लागि एकदम धेरै ‘सेन्सरी स्टिमुलेसन’ आवश्यक पर्दछ । त्यसैले शारीरिक स्पर्ष जस्तै अंकमाल तिनको दिमागलाई स्वस्थ राख्न र शरीरलाई बलियो पार्न जरुरी सबैभन्दा महत्वपूर्ण स्टिमुलेसन हो । 

ओहायोकी क्लिनिकल साइकोलोजिस्ट लिजा डेमोर भन्छिन्, “राम्रो सम्पर्कले हाम्रो स्नायु प्रणालीलाई आराम दिलाउँछ र हामी भित्रको भावनालाई नियमित गराउनमा उल्लेखनीय भूमिका खेल्ने गर्दछ ।”

त्यसैले अहिले विशेषगरी अचानकका परिवर्तन र लामो समयको अनिश्चिततालाई हेरेर धेरै बालबालिका र कतिपय अवस्थामा त वयश्कहरूलाई पनि अंकमालको एकदम खाँचो रहेको बताइएको छ । कोभिड–१९ का कारण व्यक्ति व्यक्तिबीचको शारीरिक स्नेह एकदम कम भएकाले पनि अंकमालको महत्व झन बढेको स्वास्थ्यविद्हरू बताउँछन् । 

ससाना बालबालिका, किशोरदेखि वयश्कहरूसम्मलाई अंकमाल जस्तो शारीरिक स्पर्शले एकदमै आराम र राहत महसुस गराउन सक्ने अर्का विज्ञ लेखक डेमोर बताउँछन् । 

चाहे हाताहात झगडा गरेर होस्, एकअर्कासँग ठोक्किएर या नजिकै बसेर, बच्चाहरूले स्कुलमा अर्को मानिससँग शारीरिक रुपमा घुलमिल हुन पाउँथे तर महामारीले यसलाई एकदम सिमित बनाइदिएको छ । त्यसैले पनि यो अवस्थामा उनीहरूले केबल आफ्नो परिवारसँग मात्र त्यस किसिमको अन्र्तक्रिया गर्न पाउँछन् । 

तर सबै परिवारमा अंकमाल गर्ने संस्कृति हुँदैन । त्यसैगरी महामारीले आफैँ तनावग्रस्त अभिभावकहरूले पनि आफ्नो बच्चालाई चाहिएको ‘एक्स्ट्रा’ न्यानोपनमा ध्यान दिन नसकिरहेका हुन सक्छन् । 

जस्तै सुजेत बार्चसको सानो छोरा दिक्क मानेर रुने कराउने गर्नासाथ उनले उसलाई तानेर आफ्नो काखमा राखि किताब खोल्ने गर्थिन् । त्यस समय त्यो सानो बाबुलाई के चाहिएको हो भनेर उसले शब्दमा भन्न नसकेपनि आमासँगको शारीरिक स्पर्शले उसका भावनात्मक आवश्यकता पूरा गर्न मद्दत गरिरहेको हुन्छ । उनी भन्छिन्, “यसपछि ४ वर्षको हुँदा उसले रुनकराउन छाडेर केही हुनासाथ मकहाँ आएर ‘ममी सायद मलाई किताब चाहिएको छ’ भन्न थाल्यो ।”

अर्की बाल साइकोलोजिस्ट शेरी मेडिगन भन्छिन्, “केही बच्चाहरू शारीरिक स्पर्शसँग सहज हुन्छन् अर्थात सजिलै देखाउने गर्दछन् । त्यस्तै कतिपय चाहिँ दुखी या दिक्क हुँदा कसैले आफ्नो संकेत देखे हुन्थ्यो भन्ने चाहिरहेका हुन्छन् । त्यसैले बच्चालाई खुसी अनि सुरक्षित महसुस गराउनका लागि त्यस्ता संकेतप्रति धेरै ध्यान दिन आवश्यक छ । ”

तर डिमोरका अनुसार यसमा अर्को के पनि ख्याल गर्नुपर्छ भने अंकमालका लागि सुरुवाती संकेत बच्चाबाट हुनुपर्दछ । नत्र उनीहरूलाई मन नलाग्दा जबरजस्ती गर्न खोज्यो भने चाहिँ यसले बच्चालाई अझ स्ट्रेस या आक्रोशित बनाउन सक्छ । 


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  ०५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro