site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नारायणकाजीको प्रस्ताव– वाम समाजवादी मोर्चा बनाऔँ, नभए चुनावमा तालमेल गरौँ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वामपन्थीहरू एक भएर अघि बढ्नुपर्ने बताएका छन् । पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको जनबहस कार्यक्रममा उनले विचारमा नजिक भएका दलहरूबीच एकता गर्ने नभए समाजवादी मोर्चा बनाउने वा चुनावी तालमेल गरेर अघि बढ्नुपर्ने बताए । त्यसो गरेमात्रै बाटो सही हुने उनको भनाइ छ । 

“देशभक्तिपूर्ण आन्दोलनको शक्ति भनेको वामपन्थी शक्ति हो । त्यो वामपन्थी शक्तिहरूले अहिलेको देशको परिस्थितिलाई गम्भीर रूपमा अध्ययन गरेर, समीक्षा गरेर एकता गर्ने । एकता भनेको पार्टी एकता नै होइन । सम्भव छ भने वैचारिक रूपले नजिक भएका साथीहरूकोबीचमा पार्टी एकता गरौँ,” उनको प्रस्ताव छ, “रणनीतिक मुद्दामा समानता भएका साथीहरूसँग लेफ्ट सोसलिस्ट फन्ट बनाऔँ । वाम समाजवादी मोर्चा बनाऔँ । नभए पनि चुनावमा तालमेल गरेर जाऔँ । त्यसो भए हामी सही दिशातिर थोरै भए पनि अघि बढ्न सक्छौँ । ”

उनले समाजवादका कुरा गरेर साम्राराज्यवादीलाई हस्तक्षेप गर्न दिन नहुने बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro