site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भीम रावलको प्रश्न– सरकार यो देशमा छ कि कतै छ ? 
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद भीम रावलले सरकार देशमा नै छ कि अन्त कतै छ ? भनेर प्रश्न गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले एसपीपीको सन्दर्भमा सभामुख र अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन कार्यान्वयन नभएको भन्दै यस्तो प्रश्न गरेका हुन् ।

“एसपीपीको सम्बन्धनमा सरकारको निर्णय कार्यान्वयनको अवस्था र पत्र पठाएको अवस्थाको सम्बन्धमा के छ भनेर यो सम्मानित सदनलाई जानकारी गराउनका लागि सम्माननीय सभामुख महोदयले निर्देशन दिनुभएको आज पाँच दिन बित्यो । सरकार कहाँ छ ? यो देशमा छ ? कि कतै छ ?,” उनले प्रश्न गरे ।

उनले केही दिनअघि आफूले संसदुको रोस्ट्रम छाड्न नमान्नुको तात्पर्य पुष्टि भएको जितिर गरे । रोस्ट्रमबाट बोल्दा सुनुवाइ हुन्छ कि भनेर आफूले  त्यसो गरेको उनको भनाइ छ ।

“म रोस्ट्रममा उभिनुको तात्पर्य त खुल्यो होला नि ! त्यति बेला जसले टिप्पणी गर्नुभएको थियो । एक महिना भो सरकारले गरेको निर्णय, सम्माननीय सभामुखले दिएको निर्देशन पनि नसुन्ने,” उनले भने, “अन्तर्राष्ट्रिय सम्बन्ध समितिको कुरा पनि नसुन्ने । रोस्ट्रमबाट बोल्दा अलिकति सुन्छ कि भनेको, कानको उपचार त राम्ररी गर्नुपर्ने । नेपाली जनताले चुनावमा गर्छन् कि हेरौँ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १३:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro