राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद शिवमाया तुम्बाहाङफेले सरकारले संक्रमणकालीन न्यायलाई आफूअनुकूल नभई पीडितमैत्री बनाउनका लागि के प्रयत्न गर्दै छ ? भनेर प्रश्न गरेकी छन् ।
आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले तत्कालीन राज्य पक्ष र द्वन्द्वरत पक्ष एउटै सरकारमा रहेको भन्दै संक्रमणकालीन न्याय पीडितलाई केन्द्रमा टुंगोमा पु¥याउनुपर्ने बताइन् ।
“यो परमादेशी गठबन्धन सरकारमा राज्य पक्ष र तत्कालीन नेकपा माओवादी दुवैसँगै बसेर सरकार सञ्चालन गरिरहेको अवस्था छ । सरकारले संक्रमणकालीन न्यायलाई आफूअनुकूल नभई पीडितअनुकूल बनाउनका लागि थप प्रयत्न केही गर्दै छ या छैन ?,” उनले प्रश्न गरिन् ।
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९ १३:३४
प्रतिक्रिया दिनुहोस्