site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेको प्रश्न– सरकारले निर्वाचनको मिति घोषणा गर्न किन ढिलाइ गरिरहेको छ ?
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गर्न सरकारले किन ढिलाइ गरिरहेको छ ? भन्दै प्रश्न गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले चुनाव नगराउने मनसायले सत्ता गठबन्धन लामो समय टिकाउनका लागि निर्वाचनको मिति घोषणा नगरेको हो ? भन्दै प्रश्न गरे ।

“गठबन्धन सरकारले निर्वाचनको मिति घोषणा गर्न किन ढिलाइ गरिरहेको छ ? गठबन्धनको गाँठागुठी नमिलेर हो कि ? आशीर्वाद लिन गएको ठाउँबाट आर्शीवाद नपाएर हो कि ?,” उनले सोधे, “या चुनाव नगराउने मनसायले गठबन्धन लामो समयदेखि टिकाउनको निम्ति हो ? जनता जान्न चाहन्छन् ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro