site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माधव नेपालको कामना– आगामी निर्वाचनमा हाम्रो २० लाख मत नाघोस्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वाम शक्तिहरू एकतावद्ध भएर अघि बढ्ने बताएका छन् ।  बिहीबार पार्टीको एक कार्यक्रममा उनले सत्ता गठबन्धनलाई कायम राख्दै कम्युनिस्टहरूसँग संवाद गर्दै अघि बढ्ने बताए । 

“गठबन्धनलाई कायम राख्दै वाम शक्तिहरूलाई एकता बनाउँदै कम्युनिस्ट आन्दोलनमा जुटेकासँग संवाद गर्दै हामी अगाडि बढ्ने छौँ,” उनले भने । 

अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिकतर्फ २० लाख बढी मत आउने विश्वास व्यक्त गरे । उनले स्थानीय तहकोजस्तो मत बदर नगर्न आग्रह समेत गरे । 

“जसरी यो चुनावमा हामीले २८ प्रतिशत उमेदवार खडा गरेपनि ९ लाख २७ हजार मत प्राप्त गरेका छौँ । धेरै मतहरू बदर भएका छन्,” उनले भने, “आउने चुनावमा मत बदर नहोस् । समानुपातिका मत २० लाख नाघ्न सकोस् । कसैकसैले २५ लाख पनि पुर्‍याउँछु भन्दै हुनुहुन्छ । हौसला बुलन्द भएको छ । प्रत्यक्षमा धेरै जिताउँछौँ भन्ने आशावादी हुनुहुन्छ ।”

उनले चुनावको तयारीमा जुट्न पनि नेता कार्यकर्तालाई निर्देशन दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro