site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नविना लामाको स्पष्टीकरण– मेरो नेपाली भाषा कमजोर भएकाले संसद्मा बोल्दा अशुद्ध भयो
फाइल तस्बिर।

काठमाडौं । एमाले सांसद नविना लामाले आफू नेपाली भाषामा कमजोर भएकाले संसद्मा बोल्ने क्रममा अशुद्ध भएको स्पष्टीकरण दिएकी छन् ।

बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्ने क्रममा उनले बोलेका केही शब्द गलत उच्चारण भएको थियो । त्यसपछि उनलाई ट्रोल बनाएर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

त्यहीबारे उनले स्पष्टीकरण दिएकी हुन् । "आज मैले शून्य समयमा बोल्ने क्रममा भाषामा अशुद्ध भएको कुरामा स्वीकार गरेँ । म नेपाली भाषामा पहिल्यैदेखि कमजोर छु । मैले अरू बेला पनि बोल्ने लेख़्ने विषयमा गल्ती नै गरिरहेको छु । यो विषयमा सच्याउने कोसिस गरिरहेकी छु," उनले भनेकी छन् । 

साथै उनले आफूले राखेको विषयको गाम्भीर्यतालाई छोडेर केही मिडियाले गलत मनसायले प्रचार गरेको गुनासो गरेकी छन् । तर, आगामी दिनमा आफू सच्याउने प्रयास गर्ने उनले बताएकी छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  २२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro