site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरामा खुल्यो सबैभन्दा ठुलो स्पा सेन्टर

पोखरा । मलेसियामा पनि स्पा सेवा प्रदान गर्दै आएको ट्रान्क्युलिटी स्पाको सेवा पोखरास्थित चारतारे स्विस इन्टरनेसनल होटेल सरोवरमासमेत सुरु भएको छ । ट्रान्क्युलिटीले पोखरा एक दशकअघिदेखि नै सेवा प्रदान गर्दै आएको छ ।

पोखरा लेकसाइडस्थित १४ नम्बर स्ट्रिटमा सञ्चालनमा आएको यो स्पा पोखराकै सबैभन्दा ठुलो क्षेत्रफलमा फैलिएको स्पा हो ।
यसका सञ्चालक रनिल फैजुका अनुसार सरोवरमा सात हजार पाँच सय स्क्वायर फिट क्षेत्रफलमा सञ्चालनमा आएको छ । 

सेवाग्राहीले यहाँबाट मसाज थेरापी, ब्युटी थेरापी, हाइड्रो थेरापी सहित अन्य प्याकेजमा सुविधा उपलब्ध गराउनेछ । स्पासँगै सैलुन, साउना, स्टिम, ज्याकुजीको सेवा पनि उपलब्ध हुने उनले जानकारी दिए ।

“हामीले सेवालाई थप आधुनिक र परिस्कृत गदै लैजानेछौँ,” उनले भने ।

ट्रान्क्युलिटी स्थापले पोखरामा बिगत १० वर्षदेखि सेवा प्रदान गर्दै आइरहेको छ । राजधानी काठमाडौंमा करिब १५ वर्ष अगाडिबाट सेवा प्रदान गर्दै आइरहेको ट्रान्क्युलिटी स्पाको दुईवटा शाखा मलेसियामा समेत छ ।

ट्रान्क्युलिटी स्पाले प्राकृतिक चिकित्सासँग सम्बन्धित विभिन्न आयुर्वेदिक थेरापी, एरोमा थेरापी, स्पाइनल थेरापी, शिरोधारा, सौना वाथ, स्टिम वाथ लगायत सेवा प्रदान गर्दै आइरहेको छ । 

स्पामा अन्तर्राष्ट्रियस्तरका स्पासँग सम्बन्धित सामग्री प्रयोग गरिएको हुनाले यस किसिमको सेवाले स्वस्थ समाज निर्माण गर्न सहयोग हुने उनले बताए । शारीरिक थकान, मानसिक तनाव, जिउ दुखेको, नशा खुम्चिएको, भोक नलाग्ने, निन्द्रा नलाग्ने, युरिक एसिड, ब्लडप्रेसर, मधुमेह, माइग्रेन पिनास जस्ता नसर्ने रोगहरूलाई स्पा अत्यन्त उपयोगी हुन्छ ।

यसबाहेक ब्युटी र स्पासम्बन्धि विश्वस्तरीय तालिम पनि केही दिनमा नै सुरु हुने उनले जानकारी दिए । तालिममा नेपाली र विदेशी सबैले सहभागी हुन पाउनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  २१:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro