काठमाडौं । सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।
सर्वोत्तम सिमेन्टले २४ लाख कित्ता र रिलायन्स स्पिनिङ मिल्सले सात लाख ७० हजार ६४० कित्ता आईपीओ बुक बिल्डिङ विधिमार्फत निष्कासन गर्न बोर्डमा असार २८ गते र ३१ गते निवेदन दिएका हुन् । सर्वोत्तम सिमेन्टले गत असार २८ गते र रिलायन्स मिल्सले असार ३१ गते उक्त निवेदन दिएका हुन् । दुवै कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
सर्वोत्तम सिमेन्टले आईपीओको ‘कट अफ’ मूल्य प्रतिकित्ता ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँ निर्धारण गरेको छ ।
बुक बिल्डिङ विधिअनुसार कम्पनीले कट अफ प्राइसमा २० प्रतिशत थप गरेर आधार मूल्य तय गर्ने भएकाले सर्वोत्तमको शेयरको आधार मूल्य प्रतिकित्ता ६०१ रूपैयाँ २० पैसा हुनेछ । कम्पनीले उक्त आधार मूल्यमा पनि थप २० प्रतिशत जोडेर प्रतिकित्ता सेयर ७२१ रूपैयाँसम्ममा बिक्री गर्न सक्नेछ ।
सर्वसाधारण लगानीकर्ताले भने कट अफ मूल्यभन्दा कममा नै सेयरमा आवेदन दिन पाउने छन् । सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्कासन गर्नुपर्ने व्यवस्था छ ।
रिलायन्स मिल्सले कुल सात लाख ७० हजार ६४० कित्तामा आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीले आईपीयोको कटअफ मूल्य पूतिकित्ता ६०८ रुपैयाँ देखि ९१२ तोकेको छ ।