site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक साताका लागि उपत्यकाको फोहोर बन्चरेडाँडामा लैजान रोक
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक साताका लागि फोहोरका ट्रक बन्चरेडाँडामा लैजान रोक लगाएको छ ।

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत बन्चरेडाँडा ल्यान्डफिल साइट आयोजनाले फोहोरका सवारीले सडक मर्मत कार्य प्रभावित भएको भन्दै महानगरलाई आग्रह गरेपछि रोकिएको हो ।

बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठले आजैदेखि फोहोरका ट्रक लैजान रोक लगाएको बताए । “एक साताका लागि फोहोर लैजान रोकेका छौँ । त्यहाँ सडक मर्मत हुँदै छ,” उनले भने ।

विभागका अनुसार समानान्तर निर्माण सेवा प्रालिले सिसडोल–बन्चरेडाँडा सडक मर्मत–सम्भारको काम गरिरहेको छ । सडकका कारण फोहोर विसर्जनमा कठिनाइ भएको जनाइएको छ ।

बन्चरेडाँडासम्म फोहोर पुर्‍याउन सकस भएपछि महानगरले टेकुको ट्रान्सफर स्टेनसनमा छोपेर राखेको छ ।

महानगरले उपत्यकाको फोहोर निरन्तर उठाउने जनाए पनि पुनः चोक–चोकमा फोहोरका डंगुर देखिन थालेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro