site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्डले भने– अब वामपन्थीहरू नजिक हुँदै जान्छौँ, हेर्दै जानू

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूहरू विचार मिल्नेसँग एकता गर्नेबारे छलफल भइरहेको बताएका छन् । 

आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको बैठकपछि प्रचण्डले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ताकाका नेताहरूबीच विचार मिल्नेहरूको बिचमा एकताको सम्भावनाबारे छलफल भइरहेको बताए ।

"गठबन्धनलाई कायम राखेरै जानुपर्छ भन्नेमा हाम्रो कसैको विमति छैन । तर, स्थानीय चुनावको अनुभवलाई ध्यान दिएर आगामी दिनमा कसरी प्रभावकारी बनाउने भन्ने विषयमा चर्चा गर्‍यौँ । अर्कोतिर विचार मिल्नेहरूको बिचमा एकताको सम्भावनाको बारेमा पनि हामीले छलफल गरिरहेका छौँ ।" 

उनले आफूहरूबीच वामपन्थीहरूलाई कसरी एक बनाउने भन्ने विषयमा छलफल भइरहेको पनि बताए ।

"हेर्दै जानुहोला । अब वामपन्थीहरू नजिक हुँदै जान्छौँ," उनले भने ।

बैठकमा ‘प्रचण्ड’सहित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, नेता वामदेव गौतम, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

यसअघि, आजै सिंहदरबारमा प्रचण्ड र नेता डा. बाबुराम भट्टराईबीच पनि छलफल भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro