site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्डसित बाबुरामले भने– गठबन्धन कुनै हालतमा छोड्दिनँ

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका सम्बन्धमा बिहीबारसम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिएका छन् । मंगलबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग सिंहदरबारमा भेटवार्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

उनले डा. भट्टराईसँग सामान्य राजनीतिक भेटघाट भएको र गठबन्धन बनाउने विषयमा छलफल भएको जानकारी दिए । गठबन्धन बनाउने सन्दर्भमा अरू पार्टीसँग पनि कुरा गर्ने सहमति भएको उनले बताए ।

“आजको सामान्य राजनीतिक भेटघाट हो, अरू त्यस्तो केही छैन । गठबन्धन बनाउने विषयमा छलफल चलिराखेको छ,” प्रचण्डले भने, “गठबन्धन बनाउनेबारे अरू पार्टीसँग पनि कुरा गरौँ, पर्सिसम्म एउटा टुंगोमा पुग्न सकियो भने राम्रो हुन्छ भन्ने कुरा भयो ।”

आउँदो निर्वाचनमा पनि गठबन्धन गर्ने नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय सही भएको उनको भनाइ छ । “कांग्रेसले सही निर्णय गरेको छ । हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने छ । यो गठबन्धनमा यताउता गर्ने भन्ने हाम्रो कहीँ कतै छैन । बाबुरामजी पनि गठबन्धनमै हुनुहुन्छ नि । यो गठबन्धन कुनै हालतमा छोड्दिनँ भन्ने छ बाबुरामजीको,” उनले भने ।

प्रचण्डले डा. भट्टराईलाई जनता समाजवादी पार्टी (जसपा) नेपालले कारबाही गरे पनि उनी गठबन्धनमै रहेको स्पष्ट पारे । भेटवार्तामा डा. भट्टराईले गठबन्धन कुनै हालतमा नछोड्ने प्रतिबद्धता गरेको प्रचण्डले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १४:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro