site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वाम एकताको प्रयासमा छौँ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूहरू वाम एकताको प्रयासमा रहेको बताएका छन् ।

आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको बैठकपछि प्रचण्डले आफूहरू गठबन्धनको पक्षमा रहेको तर वाम एकताको प्रयास पनि भइरहेको बताए ।

Argakhachi Cement Island Ad

"हेर्दै जानुहोला । अब वामपन्थीहरू नजिक हुँदै जान्छौँ," उनले भने ।

आजको बैठकमा कांग्रेस र एमालेले गरेका निर्णयहरूको बारेमा समीक्षा भएको उनले बताए ।

"गठबन्धनलाई कायम राखेरै जानुपर्छ भन्नेमा हाम्रो कसैको विमति छैन । तर, स्थानीय चुनावको अनुभवलाई ध्यान दिएर आगामी दिनमा कसरी प्रभावकारी बनाउने भन्ने विषयमा चर्चा गर्‍यौँ । अर्कोतिर विचार मिल्नेहरूको बिचमा एकताको सम्भावनाको बारेमा पनि हामीले छलफल गरिरहेका छौँ ।" 

बैठकमा ‘प्रचण्ड’सहित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, नेता वामदेव गौतम, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

यसअघि, आजै सिंहदरबारमा प्रचण्ड र नेता डा. बाबुराम भट्टराईबीच पनि छलफल भएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १८:२२
प्रतिक्रिया दिनुहोस्