site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादी संसदीय दलको कार्यालयमा यी नेता छन् छलफलमा

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)को सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कम्युनिस्ट नेताहरू छलफलमा जुटेका छन् ।

भर्खरै सुरु भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेता वामदेव गौतम, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत नेताहरू सहभागी छन् ।

Argakhachi Cement Island Ad

तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरू छलफलमा जुटेका हुन् । नेकपा विभाजनपश्चात् दोस्रोपटक उनीबीच सामूहिक छलफल भएको हो ।

छलफलमा आसन्न निर्वाचनमा वाम एकता वा गठबन्धनको सम्भाव्यताका विषयमा कुरा हुने बुझिएको छ । नेता गौतमले वाम एकताका पक्षमा आवाज उठाउँदै आएका छन् ।

बैठक सुरु हुनुपूर्व प्रचण्ड र खनालबीच छुट्टै छलफल भएको थियो । यसअघि, आजै सिंहदरबारमा प्रचण्ड र नेता डा. बाबुराम भट्टराईबीच पनि छलफल भएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्