site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादी संसदीय दलको कार्यालयमा कम्युनिस्ट नेताको छलफल

काठमाडौं । कम्युनिस्टसहितका केही नेताहरू आज सामूहिक छलफलमा जुट्दै छन् । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)को सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल हुन लागेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, बाबुराम भट्टराई, वामदेव गौतमलगायत नेताहरूबीच छलफल हुने बताइएको छ ।

Argakhachi Cement Island Ad

अहिले केही बेरमा नेताहरूबीच छलफल हुन लागेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

यसअघि, आजै सिंहदरबारमा प्रचण्ड र भट्टराईबीच छलफल भएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १६:३६
प्रतिक्रिया दिनुहोस्