site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसको केन्द्रीय समिति बैठक सकियो, के–के भयो निर्णय ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सकिएको छ । बैठकले विभिन्न निर्णयहरू गरेको छ ।

बैठकले भ्रातृ संस्थालाई साउनभित्र पूर्णता दिने गरेको निर्णय गरेको छ । साथै विभिन्न नयाँ भ्रातृ तथा सुभेच्छुक संस्थालाई मान्यता दिएको छ ।

बैठकले आगामी संघीय चुनावमा गठबन्धन गर्ने निर्णय पनि गरेको छ । सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालेमेलका लागि छलफल गर्ने निर्णय बैठकले गरेको छ ।

सरकारले संविधानलाई ट्र्याकमा ल्याएको कांग्रेस निषकर्ष छ । बैठकले कोभिड खोप व्यवस्थापन, एमसीसी अनुमोदन र स्थानीय तहको निर्वाचन लगायतका महत्वपूर्ण काममा सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेको छ ।

तर,  पूर्ववर्ती सरकारले संविधानको मर्मविपरीत संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलगायत विविध विषयमा ल्याएका प्रस्ताव र निर्णयहरूकाविरुद्ध उभिएको स्मरण गर्दै यस्ता महत्वपूर्ण कानुन बनाउँदा र निर्णय गर्दा संविधानको मर्म र भावनाको अनुरंप हुनेगरी सरकारले निर्णय लिनुपर्ने कांग्रेसको सुझाव छ ।

कांग्रेसले आर्थिक संकटको सामना गरिरहेको श्रीलंकालाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह पनि गरेको छ ।

"दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अध्यक्ष राष्ट्रका रूपमा नेपालले अन्य सबै देशलाई श्रीलंका र त्यहाँका नागरिकले भोग्नुपरेको पिडामा हरसम्भव सहयोग र समन्वयका लागि अग्रसरता लिन आग्रह गर्दछ," पार्टी प्रवक्ता महतले भने ।

बैठकले निम्न निर्णयहरू गरेको छ :

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro