site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अदालत गएका एआईजी विश्वराज पोखरेल अब के गर्लान् ?

काठमाडौँ । सरकारले धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालत पुगेका एआईजी विश्वराज पोखरेल काममा फर्किएलान् कि नफर्किएलान् भन्ने चासो बढेर गएको छ ।

सिंहलाई आईजीपी नियुक्त गरेपछि उनी एक महिना लामो बिदामा बसेका छन् । आफूलाई आईजीपी नियुक्त गर्नुपर्ने मागसहित उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनको मुद्दाको किनारा लागेको छैन ।

तर, उनले लिएको एकमहिने बिदा यही जेठ २४ गते सकिँदै छ । यस्तोमा उनले थप बिदा लिनुपर्ने हुन्छ । त्यो स्वीकृत गर्ने/नगर्ने अधिकार आईजीपीलाई हुन्छ । थप बिदा स्वीकृत नभए उनले बाध्य भएर काममा फर्किनुपर्ने हुन्छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

तर, आफूभन्दा जुनियरलाई आईजीपी बनाएको भन्दै सर्वोच्च गएका पोखरेललाई काममा फर्कन पनि नैतिक रूपमा गाह्रो हुने प्रहरीका उच्च अधिकारीहरू बताउँछन् ।

कतिपयले उनको बिदा थप नभए उनी काममा फर्कन सक्ने अनुमान पनि गरेका छन् । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारी भन्छन्, “बिदा थप नभए उनी कार्यालयमा हाजिर हुनसक्छन् । आईजीपीसँग समन्वय नगर्न सक्छन् । किनभने, एआईजीलाई हटाउने वा कारबाही गर्ने अधिकार आईजीपीलाई छैन । विवाद थप नलम्ब्याउने हो भने बिदा थप पनि हुनसक्छ ।”

पोखरेल हाल मानवस्रोत विभागको एआईजी छन् । प्रहरी सरुवा–बढुवामा यो विभागको महत्त्वपूर्ण भूमिका हुन्छ । प्रहरीमा नयाँ एआईजी बढुवा सिफारिस भएकाले अबको केही दिनमै एआईजीको पदस्थापन र सरुवा समेत हुनेछ । पोखरेललाई पनि नयाँ कार्यालयमा सरुवा गरिनेछ ।

बिदा सकिएपछि के गर्नुहुन्छ भन्ने बाह्रखरीको प्रश्नमा एआईजी पोखरेलले भने, “बिदा सकिएपछि फेरि थपेर बस्छु ।”

पोखरेलको मुद्दाको टुंगो कहिले लाग्छ यकिन छैन । प्रहरीमा हाल ३० वर्षे सेवा अवधि कायम छ । प्रहरीमा अहिलेकै व्यवस्थाअनुसार एआईजीको उमेर हद ५६ वर्ष छ । आईजीपीको उमेर हद ५८ वर्ष छ । पोखरेल आउँदो साउन २० गते ५७ वर्ष लाग्छन् । साउन २० अघि मुद्दाको किनारा नलागे उनले स्वतः एआईजीबाटै अवकाश पाउनेछन् । त्यसैले उनले साउन २० अघि नै आफ्नो मुद्दाको टुंगो लागोस् भन्ने चाहेका छन् ।

पोखरेल र हालका आईजीपी सिंह प्रहरी निरीक्षक पदमा एकै मितिमा भर्ना भएका थिए । एआईजी बढुवामा भने पोखरेल १८ महिना सिनयर हुन् । सोही आधारमा पोखरेल आफू आईजीपी हुनुपर्ने भन्दै अदालत पुगेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १४:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro