
तेलुगु । तेलुगू सुपरस्टार प्रभासका एक जना 'डाइहार्ट' फ्यानले चिठी लेख्दै आत्महत्या गर्ने धम्की दिएका छन् । ती फ्यानले लेखेको 'सुसाइड नोट' यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
वास्तवमा प्रभासले ती प्रशंसकले अभिनेताको आगामी चलचित्र ‘सलार’लाई लिएर यसका निर्देशक र निर्मातालाई आत्माहत्यासमेत गर्ने धम्की दिएका हुन् ।
'सुसाइड लेटर' शीर्षक राखिएको चिठीमा लेखिएको छ, “मैले यो चिठी ‘सलार’ निर्देशक प्रशान्त नीललाई यसबारे जानकारी दिन लेख्दैछु । निर्देशक नील र निर्माताहरूले सलारको अपडेट दिन्छु भनेका थिए । तर, आज मेको दोस्रो हप्ता भइसक्दासम्म पनि हामीले कुनै अपडेट पाएका छैनौँ । हामी प्रभासका फ्यानहरू चलचित्रको रेगुलर अपडेट माग्दामाग्दै आजित भइसकेका छौँ ।”
प्रभासको अघिल्ला दुई चलचित्र ‘साहो’, र ‘राधेश्याम’ को केसमा पनि त्यस्तै भएर आफूहरू दुखी भएको भन्दै अब नयाँ चलचित्र ‘सलार’मा पनि त्यस्तै हुने डर भएको पत्रमा लेखिएको छ ।
“हामी आशा गर्छौं कि ‘सलार’को हकमा त्यही नदोहोरियोस्, यदि त्यसो भएमा हड्ताल पनि गर्नेछौँ । यदि तपाईंले यो पत्र पाएर पनि बेवास्ता गर्नुभयो र हामीले यो महिनाभरिमा ‘सलार’ को झलक पाएनौंँ भने म आत्महत्या गर्नेछु । हामी सलारको अपडेट चाहन्छौँ,” उनले लेखेका छन् ।
यो चलचित्र प्रभासको फिल्मी करियरमा अहिलेसम्मकै सबैभन्दा थ्रिलिङ हुने बताइएको छ । तर, यसबारे यसका निर्माण पक्षले केही पनि जानकारी सार्वजनिक गरेको छैन । यस चलचित्रमा प्रभासबाहेक श्रृति हसन, पृथ्वीराज सुकुमारन, दिशा पटनी र जगपति बाबू मुख्य भूमिकामा छन् ।
नवभारत टाइम्सबाट ।