
मस्को । रुसी फौजले युक्रेनमा अन्तराष्ट्रिय महासन्धिद्वारा प्रतिबन्धित फस्फोरस र क्लस्टर हातहतियार प्रयोग गरिरहेको पुष्टि गरेका छन् ।
यस्ता हतियार अमानवीय र खतरनाक हुन्छन् । युक्रेनको सुरक्षा सेवाले रुसी फौजको कुराकानी ‘इन्टरसेप्ट’ गरी यो तथ्य पत्ता लगाएको हो । यसरी सम्भव भएसम्म धेरै शान्तिप्रिय युक्रेनीलाई नष्ट गर्ने उद्देश्यले रुसले निरन्तर युद्धको परम्परा र नियमहरू उल्लंघन गरिरहेको बताइएको छ ।
सन् २०१४ देखि नै युक्रेनी सुरक्षा सेवाले रुसी सेनाले आतंकवादी सक्रिय क्षेत्रविरुद्ध संयुक्त फौज परिचालन गर्ने क्रममा पटक पटक प्रतिबन्धित हातहतियार प्रयोग गरेको फेला पार्ने गरेको थियो । युक्रेनमा ठूलो परिमाणमा आक्रमण थालिए यता युद्धका सम्पूर्ण अग्र मोर्चामा रुसी फौजले यी युद्ध अपराधहरू गर्दै आइरहेका छन् ।
युक्रेनी गुप्तचर निकायले कुनै पनि रुसी युद्ध अपराधी सजायबाट बच्न नसकुन् भनेर इन्टरसेप्ट गरिएका कुराकानी र संकलित तथ्यांक अन्तर्राष्ट्रिय अदालतमा पेश गरिने दस्तावेजमा संलग्न गरिने जनाएको छ । युक्राएनिस्का प्राभ्दा