site stats
बाह्रखरी :: Baahrakhari
विशेष
खाँदबारीको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । संखुवासभाको खाँदबारी नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले बाह्रखरीलाई दिएको जानकारीअनुसार प्रमुखमा कांग्रेसबाट महेश थपलिया र उपप्रमुखमा एमालेबाट महेश्वरा बज्राचार्य विजयी भएका छन् । 

प्रमुखमा विजयी थपलियाले सात हजार ६३४ मत ल्याउँदा पराजित जितबहादुर घिमिरेले ५ हजार ५८९ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा विजयी एमालेकी बज्राचार्यले ६ हजार ३८५ मत ल्याउँदा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का दिव्य बरालले ५ हजार १४७ प्राप्त गरे ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १४:०२
प्रतिक्रिया दिनुहोस्