site stats
बाह्रखरी :: Baahrakhari
विशेष
रंगेलीमा पुनः निर्वाचन हुँदैन, जेठ ५ सम्म सबैतिर परिणाम घोषणा भइसक्छ : थपलिया

विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विवादपछि मतगणना स्थगित भएको मोरङको रंगेलीमा पुनः निर्वाचन नहुने बताएका छन् ।

सोमबार विराटनगरस्थित आदर्श विद्यालयमा विराटनगर महानगरपालिकाको मतगणनाकार्यको निरीक्षण गर्न आएका थपलियाले पुनः निर्वाचनको कुनै सम्भावना नरहेको बताए । उनले भने, “मतदान केन्द्रबाट संकलन भई गणनास्थलका कोठासम्म आइपुगेका मतपेटिका सबै खोलिनेछन् । रंगेलीमा गठबन्धन दल र एमालेबीच विवाद हुँदा शनिबार रातिदेखि गणना स्थगित भएको छ । मतगणना सुरु हुन्छ, पुनः निर्वाचन होइन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

थपलियाले विराटनगरमा जारी मतगणनाको निरीक्षण गर्दै भएभरको जनशक्ति परिचालन गरेर भए पनि चाँडो परिणाम घोषणा हुने गरी गणना अघि बढाउन निर्देशन दिए । “जेठ ५ गतेभित्र मतगणना गरिसक्नुपर्छ । अब विलम्ब गरेर हुँदैन,” उनले भने ।

थपलियाले मतगणनास्थलमा जनशक्ति थप गर्न कुनै कसर बाँकी नराख्ने बताए । विवाद उठेका ठाउँहरूमा स्थानीयस्तरमै छलफल गरी त्यसको निराकरण गरिसक्नुपर्नेमा उनको जोड थियो ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १०:५१
प्रतिक्रिया दिनुहोस्