site stats
बाह्रखरी :: Baahrakhari
विशेष
मकवानपुरको भीमफेदी अध्यक्षमा एमाले उमदेवार निर्वाचित

वाग्मती । स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरका १० वटा स्थानीय तहमध्ये दुईवटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । 

सार्वजानिक मत परिणामानुसार उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा (एमाले)का उमेदवार तथा  भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा गठबन्धनका उमेदवार विजयी भएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भीमफेदी गाउँपालिका अध्यक्षमा एमालेका हिदम लामा विजयी भएका छन् । आज बिहान सकिएको मतगणनाअनुसार लामाले नेकपा (माओवादी केन्द्र)का बद्रीबहादुर स्याङ्तानलाई पराजित गरेका हुन् । लामाले पाँच हजार ५९१ मत प्राप्त गर्दै विजयी भए भने माओवादीका स्याङ्तानले पाँच हजार २०९ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकी पार्वती रानालाई पराजित गर्दै नेपाली कांग्रेसका सञ्जीव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले यसअघिकी उपाध्यक्ष रानालाई जम्मा १६ मतान्तरले पराजित गरेका हुन् । रासस

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १०:२२
प्रतिक्रिया दिनुहोस्