
काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेस र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का उमेदवार निर्वाचित भएका छन् ।
पालिका उपाध्यक्षमा कांग्रेसका उमेदवार समिर राई निर्वाचित भएका छन् । दुई हजार २४४ मतसहित उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का माइतिराज राईले एक हजार ० मत प्राप्त गरेको जिल्ला निवार्चन कार्यालयले जनाएको छ ।
यस्तै, उपाध्यक्षमा जसपाका उमेदवार गुरुराज राई एक हजार ९८३ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेकी उमदेवार मैयाँ सुनुवारले एक हजार ७६१ मत प्राप्त गरिन् ।
सातवटा वडा रहेको पालिकामा वडा नम्बर–१ र ६ मा कांग्रेस उमेदवार विजयी भए । ४, ५ र ७ मा माओवादी केन्द्रका उमेदवार निर्वाचित भएका छन् । वडा नम्बर–२ र ३ मा एकीकृत समाजवादीका उमेदवार निर्वाचित भए ।