site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१६२ बढी मुलुकसँग व्यापार, ३८ मुलुकबाट आयात मात्रै
फाइल तस्बिर ।

काठमाडौं । नेपालले १६२ बढी मुलुकसँग व्यापार गर्छ । त्यसमध्ये अधिकांश मुलुकसँग गरिएको व्यापार घाटामा छ । सोही कारण नेपालको व्यापार घाटा बर्सेनि बढ्दो छ ।

चालु आर्थिक वर्षको चैत महिनासम्म १३ खर्ब ६ अर्ब आठ करोड ९० लाख ९१ हजार व्यापार घाटा पुगिसकेको छ । यस अवधिसम्म १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख एक हजार रुपैयाँ विदेशी वस्तु आयात हुँदा एक खर्ब ६० अर्ब ५७ करोड २९ लाख १० हजार रुपैयाँको मात्रै नेपाली वस्तु निर्यात भएको छ ।

नेपालले गर्ने अन्तर्राष्ट्रिय व्यापारमध्ये सबैभन्दा बढी भारतसँग हो । भारतसँगको व्यापार घाटा सबैभन्दा उच्च छ । चालु आर्थिक वर्षको चैत महिनामा मात्रै भारतसँगको व्यापार घाटा सात खर्ब ७३ अर्ब ८० करोड ७० लाख २३ हजार रहेको छ । यस अवधिमा भारतबाट मात्रै एक खर्ब एक अर्ब ७० करोड २४ लाख ८९ हजार रुपैयाँको सामान आयात भएको छ भने नेपालबाट भारततर्फ जम्मा एक खर्ब २७ अर्ब ८९ करोड ५४ लाख ६६ हजार रुपैयाँको सामान निर्यात भएको छ ।

भारतपछि चीनसँग नेपालको बढी कारोबार भएको छ भने व्यापार घाटा पनि दोस्रोमा चीनसँगै रहेको छ । यस अवधिमा चीनबाट दुई खर्ब ११ अर्ब चार करोड ८० लाख ३८ हजार रुपैयाँमा सामान आयात भएको छ भने चीनतर्फ ६२ करोड २८ लाख ६२ हजार रुपैयाँको नेपाली वस्तु निर्यात भएको छ । चिनियाँ सामान नेपालमा ल्याउन जति सहज छ, नेपाली सामान चीनमा निर्यात गर्न त्यति सजिलो छैन । जसका कारण आयात र निर्यातमा ठूलो खाडल देखिन्छ । नेपाल र चीनबीच दुई खर्ब ११ अर्ब ६७ करोड नौ लाख रुपैयाँको व्यापार हुँदा दुई खर्ब १० अर्ब ४२ करोड ५१ लाख ७५ हजार रुपैयाँ व्यापार घाटा भएको छ ।

३८ मुलुकबाट आयात मात्रै
नेपालले गर्ने अन्तर्राष्ट्रिय व्यापारमा ३८ मुलुकबाट आयात मात्रै हुने गरेको तथ्यांक भन्सार विभागको छ । यी मुलुकमा नेपालबाट शून्य निर्यात हुन्छ । ३८ वटा मुलुकबाट समीक्षा अवधिमा नौ अर्ब ६९ करोड २ लाख २४ हजार रुपैयाँको सामान आयात भएको छ । निर्यात शून्य छ ।

युरोपको सबैभन्दा सानो मुलुक एन्डोराबाट एक करोड ५८ लाख ६९ हजार रुपैयाँबराबरका सामान आयात भएको छ । यस्तै, उत्तर अमेरिकी महादेशमा रहेको एन्टिगुवा र बार्बुडाबाट २० लाख ६९ हजार रुपैयाँको सामान आयात भएको देखिन्छ ।

आयात मात्रै भएका देशहरूमा बहामास, बारबाडोस, बेलारुस, बेलिज, बोस्निया र हर्जगोबिना, क्यामेरुन हुन् । यस्तै, क्रिस्टमस द्वीप (अष्टे«लिया), कोकोस द्वीप, कोमोरोस, डोमिनिकन गणतन्त्र, एल साल्भाडोर, गावोन, ग्वादेलोउप, ग्वाटेमाला, गिनी बिसाउ, होन्डुरस, इरानबाट पनि सामान आयात मात्रै भएको छ ।

यसैगरी, कोसोवो, लक्जेम्बर्ग, मदागास्कर, मोजाम्बिक, निकारागुवा, उत्तरी मारियाना द्वीप, पानामा, प्याराग्वे, मोल्दोभा, सेन्ट भिन्सेन्ट र ग्रेनाडिन्स, सान मारिनो, सर्बिया, सर्बिया (युरोप) सोमालिया, स्वाजिल्यान्ड, टोगो, ट्युनिसिया, तुर्क र काइकोस टापुबाट पनि वस्तुहरू खरिद मात्रै हुने गरेको छ ।

देशको नाम नै नखुलेको एक मुलुकबाट दुई अर्ब १४ करोड ८० लाख २१ हजार रुपैयाँका सामान आयात भएको देखिन्छ ।

११ मुलुकमा निर्यात मात्रै
३८ मुलुकबाट सामान आयात मात्रै हुँदा ११ वटा मुलुकमा भने नेपाली वस्तु बिक्री मात्रै भएको छ । यी ११ मुलुकबाट आयात भएको छैन । तर, यी मुलुकमा निर्यातको अंश न्यून छ । ३८ मुलुकबाट नौ अर्ब ६९ करोड दुई लाख २४ हजार रुपैयाँको सामान आयात हुँदा निर्यात मात्रै भएका ११ मुलुकमा नेपालबाट जम्मा एक करोड ७६ लाख ५८ हजारको नेपाली वस्तु बिक्री भएको छ ।

आयात नहुने, निर्यात मात्रै हुने मुलुकहरूमा अर्मेनिया, अजरबैजान, बर्मुडा, फिजी, जमैका, कीर्गिस्तान, मौरिटानिया, माइक्रोनेसिया, मोनाको, सेन्ट हेलेना, त्रिनिडाड एन्ड टोबागो रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro