site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि जजिराले पायो अनुमति

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदो जेठ २ गते कुवेती वायुसेवा कम्पनी जजिरा एयरवेजले पहिलो उडान गर्ने भएको छ । बुद्धजयन्ती अर्थात् जेठ २ गते विमानस्थलको उद्घाटन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको तयारी छ ।

सोही दिन जजिरा एयरवेजले पहिलो र नियमित उडान थाल्ने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए । जजिराले पहिलो चरणमा सातामा तीन दिन उडान गर्ने गरी अनुमति पाएको हो । जजिराले सातामा सोमबार, बुधबार र शुक्रबार उडान गर्ने अधिकारीले जानकारी दिए ।

यो विमानस्थलमा विदेशी हवाई सेवा कम्पनीले उडान सुरु गर्ने निश्चित भए पनि स्वदेशी ध्वजावहाक नेपाल एयरलाइन्स भने अझै अध्ययनमै छ ।

यस्तै, नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको हिमालय एयरलाइन्सले पनि यो विमानस्थलबाट उडान गर्ने विषयमा निर्णय गरिसकेको छैन । तर, अध्ययनको काम गरिरहेको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए । बजार अध्ययनमै लागिरहेको र अध्ययनपछि मात्रै निर्णय लिइने उनले जानकारी दिए ।

प्राधिकरणका अनुसार जजिराबाहेक अरू वायुसेवा कम्पनीले भने अहिलेसम्म निवेदन दिइसकेका छैनन् । धेरै विमान कम्पनीहरूले इच्छा भने देखाइरहेको बताइएको छ ।

नयाँ धावनमार्गबाट सुरु भयो आन्तरिक उडान
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा आन्तरिक जहाजले उडान÷अवतरण सुरु गरिसकेका छन् । बिहीबारदेखि नयाँ विमानस्थलको धावनमार्गबाट आन्तरिक हवाई सेवा कम्पनीहरूले उडान सुरु गरेको महानिर्देशक अधिकारीले जानकारी दिए । यो धावनमार्गमा यती एयरलाइन्सले पहिलो अवतरण गरेको थियो ।

सन् २०१४ मा निर्माण सुरु भएको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको ७४ वर्षपछि बनेको अन्तर्राष्ट्रिय विमानस्थल हो ।

पश्चिम नेपालका यात्रुलाई सहज
यो विमानस्थल सञ्चालनबाट पश्चिम नेपालका यात्रुहरू लाभान्वित हुने महानिर्देशक अधिकारीले बताए । छिमेकी भारतबाट समेत यात्रुहरू आउन सक्ने उनले बताए ।

गौतमबुद्धको जन्मभूमि रहेको क्षेत्रमा अवस्थित यो विमानस्थल सञ्चालनमा आएपछि बौद्ध धर्मावलम्बीहरू भएका देशका तीर्थालु बढी आउने अपेक्षा सरकारी अधिकारीको छ । यस्तै, लुम्बिनी, चितवन, पोखरालगायत पर्यटकीय गन्तव्यस्थल नजिक पर्ने भएकाले भारतीय पर्यटकहरूलाई बढी सहज हुने पनि बताइएको छ । त्यसले नेपालको पर्यटन क्षेत्रमा सहयोग पु¥याउने विश्वास पर्यटन व्यवसायीहरूको छ ।

यो विमानस्थलको यात्रु क्षमता वार्षिक करिब चार लाख रहेको छ । विमानस्थलबाट एक घण्टामा ‘पिक आवर’मा ४०० यात्रु ‘ह्यान्डलिङ’ गर्न सकिने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro