site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कमिसन विवादले उपभोक्ता मर्कामा, २० गतेदेखि निजी पम्पले इन्धन बिक्री नगर्ने

काठमाडौं । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीच इन्धन कमिसनको विवादले उपभोक्ता मर्कामा परेका छन् । व्यवसायीहरूले निगमको डिपोबाट इन्धन उठाउन छोडेका छन् । जसका कारण देशैभर उपभोक्ताले पेट्रोलियम पदार्थ सहजै खरिद गर्न पाएका छैनन् । देशका विभिन्न ठाउँमा इन्धन भर्न उपभोक्ता घण्टौं लाइन लाग्न बाध्य छन् ।

व्यवसायीले आफ्नो माग पूरा नभए चैत्र २० गतेदेखि इन्धन बिक्री नगर्न पम्प बन्द गर्ने बताएका छन् । अहिले पम्पमा रहेको मौज्जाद बिक्री गरिरहेका छन् । तर, २० गतेपछि भने पम्प नै बन्द गर्ने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए ।

राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले सरकारसमक्ष ६ बुँदे माग राख्दै चरणबद्ध आन्दोलन गर्दै आएका थिए । उनीहरूले चैत ५ गतेबाट आन्दोलन गरेका हुन् ।

नेपाल आयल निगम संचालक समितिले पेट्रोलियम बिक्रेताले प्रतिशतमा पाउँदै आएको कमिशन स्थगन गरेपछि व्यवसायीहरू आन्दोलित भएका हुन् । निगमले पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म व्यवसायीलाई प्रतिशतमा नै कमिसन दिँदै आएको थियो । तर, त्यसपछि निगमले पेट्रोलमा मात्रै प्रति लिटर १५ रुपैयाँ मूल्य बढाइसकेको छ । व्यवसायीले पछिल्लो पटक बढाइएको १५ रुपैयाँमा कमिसन पाएका छैनन् । यसमा पनि कमिसन निरन्तर हुनुपर्ने माग आफूहरुको रहेको प्रधानले बताए । व्यवसायीहरुले पेट्रोल, डिजेल, मट्टितेल र ग्यासमा कमसिन पाउँदै आएका छन् ।

व्यवसायीले १४० रुपैयाँसम्मको मूल्यमा ३.३९५ प्रतिशत कमसिन पाउँदै आएका छन् । त्यसपछि बढेको मूल्यमा भने निगमले व्यवसायीलाई कमिसन दिएको छैन । त्यसकै विरोधमा उनीहरुले आन्दोलित भएका हुन् ।

“आयल निगम र व्यवसायीबीच भएको व्यवसायिक सम्झौता विपरित निगमले एकतर्फी रुपमा व्यवसायीसँग सल्लाह नै नगरी कमिसन नदिने निर्णय गर्यो । निगम व्यवसायिक सम्झौता विपरित गयो”, उनले भने “सोही कारण हामी आन्दोलन गर्न बाध्य भयौं ।” निगम र व्यवसायीबीच प्रतिलिटर (पेट्रोल) मा १५ पैसाको विषयमा कुरा नमिलेको हो ।

आफूहरुले इन्धनमा बढेको पछिल्लो मूल्य अनुसार कमिसन नपाएसम्म आन्दोलन फिर्ता नहुने प्रधानले बताए । आफूहरुले पाउँदै आएको कमिसन काट्ने निर्णय निगम संचालक समितिले गरेकाले त्यसको विरोधमा निगमको डिपोबाट इन्धन नउठाएको भन्दै यसको जिम्मेवारी निगमले लिनुपर्ने उनले बताए ।

यता, निगम प्रवक्ता विनितमणि उपाध्ययले समस्या सम्बोधन गर्ने निगमले बताइरहेका बेला व्यवसायीले एकतर्फी रुपमा आन्दोलन गरेको बताए । व्यवसायीको आन्दोलनका कारण अत्यावश्यकीय इन्धन खरिदमा उपभोक्ता मर्कामा परेको उनले बताए ।

निगममा कार्यकारी निर्देशकका रूपमा उमेश थानी आइसकेपछि पनि व्यवसायीसँग छलफल भएको उपाध्यायले बताए । “निगमले अहिले केही समयका लागि कमिसन प्रतिशतका आधारमा नबढाउने मात्रै निर्णय गरेको हो । त्यो पनि छलफलका माध्यमबाट निकास निकाल्ने पक्षमा निगम रहँदारहँदै व्यवसायीले आन्दोलन गर्नुभयो । त्यसको मर्कामा उपभोक्ता पर्नुभएको छ,” उनले भने । 

व्यवसायीको माग सम्बोधन गर्ने विषयमा निगमले जेठ मसान्तसम्मको समय दिन पत्र लेखेरै अनुरोध गरेको उपाध्यायले बताए । व्यवसायीले निगमको अनुरोध सुनेका छैनन् ।

देशका विभिन्न ठाउँमा रहेका सरकारी पम्पहरुले भने इन्धन बिक्री गरिरहेका छन् । उपभोक्ताकर्मीले भने इन्धन जस्तो अत्यावश्यक क्षेत्रमा निगम र व्यवसायी जिम्मेवार नबनेको टिप्पणी गरेका छन् । निगम र व्यवसायी दुबै जिम्मेवार नहुँदा उपभोक्ता मर्कामा परेको उपभोक्ताकर्मी माधव तिमल्सिनाले बताए । “निगम समय प्रतिकूल भयोभन्दै पन्छिने र व्यवसायी पनि यही बेलामा सरकारलाई ट्रयाकमा ल्याउन सकिन्छ की भनेर लागेको अवस्थामा व्यवसायी र निगम उपभोक्ताप्रति जिम्मेवार बनेका छैनन् । आपूर्ती सहज बनाउन दुबै पक्ष जिम्मेवार बन्नुपर्छ,” उनले भने ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  १४:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro