
काठमाडौं । पप गायक धिरज राईले २५ वर्ष पुरानो लुकी–लुकी... बोलको गीतको नयाँ भिडियो सार्वजनिक गरेका छन् ।
धिरज राईको स्वर, शब्द तथा संगीत रहेको गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् । भिडियोमा अभिनेत्री आँचल शर्माको साथमा राज र डेलविसको नृत्य देख्न सकिन्छ ।
किर्तिपुर सिनेप्लेक्समा आयोजित भिडियो प्रिमिर शोमा गायक राईले दर्शकको सुझावका आधारमा भिडियो निर्माण गरेको बताए । “मलाई दर्शकले सधैँ गीतको भिडियो बनाउन भन्नुहुन्थ्यो । युट्युबमा गएर गीत खोज्दा २५ वर्ष अगाडिको पुरानो भिडियोमात्र देखिन्थ्यो,” राईले भने, “अहिले गीत हेर्ने पनि समय भएकाले भिडियो बनाउने निर्णय गरेको हुँ ।”
भिडियो मेकिङ ट्रि इन्टरटेन्मेन्टले गरेको हो । २५ वर्ष अगाडिको लोकप्रिय गीतलाई आफूले नयाँ दर्शक तथा स्रोतमाझ लिएर आएको राईले बताए ।