site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मिस टिन चार्म नेपाल २०२२ को उपाधि शृष्टिलाई 

काठमाडौं । मिस टिन चार्म नेपाल २०२२ को उपाधि शृष्टि महर्जनले जितेकी छन् । अभ्यानी प्रोडक्सनको आयोजनमा मिस्टर एण्ड मिस नेपाल टिनको पाचौं संस्करणमा किशोरीतर्फ श्रृष्टि महर्जनले मिस नेपाल टिन २०२२को उपाधि हात पारेकी हुन् । 

उनले अमेरिकाको मायामी स्टेटमा नाभेम्बरमा हुने मिस टिन युनिभर्समा नेपालको प्रतिनिधित्व गर्नेछिन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

श्रृष्टि भुषालले मिस नेपाल चिन चार्मको उपाधि जितेकी छन् । उनले कोलम्बियामा हुने अन्तराष्ट्रिय प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्नेछिन् । 

सेकेन्ड रनर अप शिवानी कापरले मिस वल्र्ड हेरिटेजमा नेपालको प्रतिनिधित्व गर्ने आयोजकले जनाएको छ । 

किशोर तर्फको उपाधि मन्दिप भुसालले हात पारेका छन् । प्रयास ओझा फस्ट रनर अप र निशान वाइवा सेकेन्ड रनरअप भए । 

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  ०७:३८
प्रतिक्रिया दिनुहोस्