site stats
बाह्रखरी :: Baahrakhari
विशेष
४१ हजारभन्दा बढी क्षयरोगी अझै उपचारको पहुँचबाहिर 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । आज विश्व क्षयरोग दिवस, नेपालमा पनि ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ’ भन्ने नाराका साथ मनाइँदैछ । नेपालमा आर्थिक वर्ष २०७४/७५ सम्म १ लाख १७ हजार क्षयरोगका बिरामी रहेको सरकारको तथ्यांक छ । 

राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणले नेपालमा यो संख्या वार्षिक रुपमा ६९ हजारका दरले थपिने गरेको देखाएको छ । चालु आर्थिक वर्षसम्म २८ हजार ६७७ जना बिरामीहरु मात्रै उपचारको क्रममा रहेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । 

नेपालमा ४१ हजार ५०० क्षयरोगीहरु उपचारको पहुँच बाहिर रहेको केन्द्रको तथ्यांक छ । सामाजिक लाञ्छना र भेदभावको डरका कारण ४० हजार बढी क्षयरोगीहरु लुकेर रहने गरेको केन्द्रको तथ्यांक छ । क्षयरोग नियन्त्रणका लागि सरकारले चालु आर्थिक वर्षमा ७२ करोड रुपैयाँ बजेट छुट्याएको छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  ०७:०१
प्रतिक्रिया दिनुहोस्