site stats
बाह्रखरी :: Baahrakhari
विशेष
  नेस्लेले रुसमा किटक्याट र नेसक्विक नबेच्ने 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जेनेभा । विशाल स्विस खाद्य उद्योग कम्पनी नेस्लेले आफ्ना लोकप्रिय ब्रान्ड्स रुसबाट हटाउँदै छ । तर, त्यसले अत्यावश्यक खाद्य सामग्रीहरुको बिक्री भने जारी राख्नेछ । 

यो कम्पनीले यसै महिनाको शुरुदेखि रुसमा आफ्नो लगानी रोकेको थियो । तर, अहिले यसले रुसमा किटक्याट र नेसक्विकजस्ता उत्पादनको बिक्री रोकेको छ । युक्रेनी राजनीतिज्ञहरुको व्यापक आलोचनापछि नेस्लेले यो कदम चालेको हो । रुसले युक्रेनमा आक्रमण गरेयता थुप्रै पश्चिमी ब्रान्ड्ले रुसमा आफ्ना कार्य संचालन रोकेका थिए भने थारैले आफ्ना कार्य सुचारु राखेका थिए ।
 
नेस्लेले भनेको छ, “युक्रेनमा युद्ध चर्किने क्रममा रुसमा हाम्रो गतिविधि नाफा कमाउनमा नभई अत्यावश्यक खाद्यान्न उपलब्ध गराउनमा लक्षित हुनेछ ।” 
 
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिवार आफ्नो भाषणको क्रममा नेस्लेले अझै रुसमा आफ्नो कारोबार जारी राखेकोमा आलोचना गरेका थिए । त्यसअघि युक्रेनी प्रधानमन्त्री डिनाइस स्मिहालले नेस्लेका मालिक मार्क स्केनिडरले ‘समझदारी नदेखाएको’ भन्दै ट्विट गरेका थिए ।  बीबीसी
 

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  ०६:५६
प्रतिक्रिया दिनुहोस्